झापाको शिवसताक्षीमा भाइको हत्या आरोपमा आफ्नै दाजु पक्राउ परेका छन् ।
शिवसताक्षी-८ शितल चोकका ४२ वर्षीय रामप्रसाद सिटौलाको हत्या आरोपमा उनका दाजु नारायण सिटौलालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
बिहीबार राति करिब ९ बजे घरको पछाडिपट्टि उत्तानो परेको अवस्थामा रामप्रसादको शव भेटिएको थियो । उनको टाउकोमा चोट देखिएको छ । दाउराले प्रहार गरी हत्या गरेको हुन सक्ने आशंका गरिएको छ । घटनास्थल वरिपरि दाउरा छरिएको र रगत लतपतिएको थियो ।
Advertisement
उनलाई सुतेकै ठाउँमा दाउराले हानेको हुन सक्ने बताइएको छ । दुवै दाजुभाइले मादक पदार्थ सेवन गरी झगडा गरेको र नारायणले भाइलाई दाउराको चिर्पटले हत्या गरेको हुन सक्ने आशंका छ ।







