झापाको बिर्तामोड नगरपालिकाले नीति, बजेट तथा कार्यक्रम पुस्तिका सार्वजनिक गरेको छ ।
बुधवार नगरको सभाहलमा आर्थिक बर्ष २०८१/०८२ को नीति, बजेट तथा कार्यक्रम पुस्तिका सार्वजनिक गरिएको हो ।
कार्यक्रममा नगर प्रमुख पवित्रा महतारा प्रसाई, उप-प्रमुख नगेन्द्रप्रसाद संग्रौला र प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण खतिवडाले संयुक्त रुपमा पुस्तिका सार्वजनिक गरेका हुन् ।
बिर्तामोडले यसअघि नै आर्थिक बर्ष २०८१/०८२ का लागि नगरका सवै क्षेत्रलाई समेटेर एक अर्व, ३९ करोड ९६ लाख ९१ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको थियो ।
नगरको शिक्षा, स्वास्थ्य, बाटो, कृषि, भौतिक संरचनालगायतका क्षेत्रलगायतलाई समेटेर उक्त बजेट सार्वजनिक गरेको थियो ।
नगर उप-प्रमुख संग्रौलाले अर्जुनधारा नगर, बुद्धशान्ति गाउँपालिका र बिर्तामोड नगरलाई समेटेर उपमहानगरपालिका बनाउनु पर्नेमा जोड दिए । उनले तीन वटा पालिकालाई एउटै विकासको गति दिन पनि उप-महानगरपालिका बनाउन आवश्यक रहेको बताए ।
नगर प्रमुख प्रसाईको अध्यक्षतामा भएको कार्यक्रमको औचित्यसहित नगर उप-प्रमुख संग्रौलाले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन नगरका शाखा अधिकृत मेघराज बास्तोलाले गरेका थिए ।







