झापाको दोमुखामा पौडी खेल्ने क्रममा एक जनाको मृत्यु भएको छ ।
भद्रपुर नगरपालिका वडा नं.५ बस्ने १५ वर्षीय फिरु शेखको शव भेटिएको हो । उनीसँगै हराइरहेका भद्रपुर-५ कै १५ वर्षीय प्रदिप राई भेटिएका छैनन् ।
दोमुखामा पौडी खेल्न आएका चारमध्ये दुई किशोर हराइरहेका थिए । आज दिउँसो २ बजे दोमुखाको ड्याममा पौडी खेल्न पसेका चारमध्ये दुई जना बेपत्ता भएको स्थानीय कुमार फुयलले जानकारी दिए ।
Advertisement
दुवै किशोर भद्रपुर माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थी हुन् । उनीहरूको खोजीका लागि स्थानीयवासी, प्रहरी र आफन्त बेपत्ता भएको स्थान आइपुगेका छन् ।







