पाँचथरमा घोडाबाट लडेर एक जनाको मृत्यु भएको छ ।
घरबाट घोडा चढेर खेत गएका कुम्मायक-१ का मोहन थापाको घोडाबाट लडेर मृत्यु भएको हो ।
आइतबार बिहान ७ बजे खेतमा काम गर्न गएका ४५ वर्षीय थापा चढेर गएको घोडामात्रै फर्केपछि खोजी गर्ने क्रममा बाटोमा लडिरहेको अवस्थामा भेटिएका थिए ।
Advertisement
घोडा आएको घण्टौंसम्म थापा घर नफर्केपछि खोजतलास गर्दा परिवारका सदस्यले घरदेखि ६ सय मिटर टाढा बाटोमा बेहोस अवस्थामा भेटेपछि घर ल्याइ पुर्याउँदै गर्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरीक्षक हेमन्त भण्डारीले जानकारी दिए ।







