बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको व्यवसायी राहत कोषमा रकम जुट्ने क्रम जारी छ ।
आपत विपद्मा परेका व्यवसायीहरुलाई सहयोग पु¥याउने उद्देश्यसहित संघले एक करोड रुपैयाँ बरावरको व्यवसायी राहत कोष स्थापना गरेको थियो ।
कोषमा संघका कार्यसमिति सदस्य युवराज कार्की ‘पर्बत’ले आफ्नो जन्मोत्सववको अवसर पारेर आज एक लाख ११ हजार एक सय ११ रुपैयाँ सहयोग प्रदान गरेका छन् ।
Advertisement
कार्कीले बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेलाई रकम उपलब्ध गराएका थिए ।
रकम हस्तान्तरण गर्दै कार्कीले जन्मोत्सवमा गरिने फजुल खर्चलाई कम गर्दै सामाजिक कार्यमा लगानी गर्न अरुलाई समेत प्रोत्साहित गरेका छन् ।







