शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले छात्रवृत्तिमा अध्ययनका लागि रुस जान लागेका विद्यार्थीलाई अभिभावकको अनुमतिमा मात्र जान दिने बताएकी छन् ।
रुसमा छात्रवृत्तिका लागि जान लागेका विद्यार्थी तथा अभिभावकसँग आज मन्त्रालयमा भएको छलफलमा मन्त्री भट्टराईले अभिभावकले आफ्नो छोराछोरी जानका लागि मन्त्रालयमा लिखित अनुमति र प्रतिबद्धता जनाए मात्र रुस पठाउन सकिने बताएकी हुन् ।
अहिले रुस र युक्रेनबीच युद्धकै अवस्था रहेकाले अभिभावकले मन्त्रालयसँग आफ्ना छोराछोरी जानका लागि अध्ययन अनुमतिपत्र माग्न आउँछन् भने प्रतिबद्धता जनाएर पठाउन तयार रहेको उनले बताइन् । यसमा परराष्ट्र मन्त्रालयले पनि स्वीकृत दिएपछि विद्यार्थीलाई अभिभावकको सहमतिमा मात्रै पठाउन सक्ने उनको भनाइ छ ।
Advertisement







