• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

हल्दीवारीका विद्यालयमा प्रहरीको पुस्तक पठनपाठन गराइने


  •    संवाददाता/ मङ्गलबार, भदौ १८, २०८१  

  • झापाको हल्दीवारीका विद्यालयहरुमा प्रहरीको पुस्तक अनिवार्य रुपमा पठनपाठन गराइने भएको छ ।

    समुदाय-प्रहरी साझेदारीअन्तर्गत नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग नक्साल काठमाडौँले तयार पारेको “स्थानीय तह-प्रहरी-विद्यालय सम्पर्क कार्यक्रम” पुस्तकलाई विद्यालयको पाठ्यपुस्तकमा समावेश गरी अनिवार्य पठनपाठन गराइने भएको हो । जसका लागि त्रि-पक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

    Advertisement

    नेपाल प्रहरीको तर्फबाट जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक मिलन के.सी, हल्दीवारी गाउँपालिकाको तर्फबाट शिक्षा शाखा प्रमुख जनककुमारी राई र हल्दीवारी गाउँपालिकाको सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरुका तर्फबाट जनजागृति माध्यमिक विद्यालय हल्दीबारी-१ की प्रधानाध्यापक इन्दिरादेवी कँडेल (चुडाल)ले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।

    Advertisement

    उक्त समझदारीपत्रको रोहवरमा हल्दीवारी गाउँपालिकाका अध्यक्ष रबिन्द्रप्रसाद लिङ्देन, प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला र पालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन (महेन्द्र) ले हस्ताक्षर गरेका छन् ।

    गाउँपालिकाका अध्यक्ष लिङ्देनको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बास्तोलाको प्रमुख आतिथ्य रहेको थियो ।

    प्रहरी उपरीक्षक के.सी., सशस्त्र प्रहरी उपरीक्षक कबिन्द्र राई, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय झापाका उप-अनुसन्धान निर्देशक कुलचन्द्र नेपाल, पालिकाका ५ वटै वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, वडा-सदस्य, विद्यालयका प्रधानाध्यापकहरु, गाउँपालिकाको विभिन्न शाखाका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

    प्रमुख प्रशासकीय अधिकृत वनले स्वागत गरेको कार्यक्रममा प्रहरी चौकी जलथल झापाका प्रमुख प्रहरी सहायक निरीक्षक ओमराज पौडेलले “स्थानीय तह-प्रहरी-विद्यालय सम्पर्क कार्यक्रम पुस्तक-२०८०” को आवश्यकता, औचित्य र विषयवस्तुमाथि आफ्नो प्रस्तुतीकरणमार्फत जानकारी गराएका थिए ।

    प्रहरी उपरीक्षक के.सी.र प्रमुख जिल्ला अधिकारी बास्तोलाले शुभकामना मन्तव्य राखेको कार्यक्रमको सञ्चालन योजना शाखा प्रमुख राजन न्यौपानेले गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.