झापाको अर्जुनधारामा अघिपछि गरी दुई जनाले आत्महत्या गरेका छन् ।
आज बिहान ४ बजे अर्जुनधारा नगरपालिका वडा नं.६ लक्ष्मीटोल बस्ने २४ वर्षीया नम्रता पाठकले आफ्नै दुई तले पक्की घरको माथिल्लो तल्लामा रहेको पुजा कोठाको सिलिङ पंखामा झुन्डिएर आत्महत्या गरेकी हुन् ।
नम्रताले पुजा कोठाको झ्याल, ढोका बन्द गरी बाहिरबाट बोलाउँदा नबोलेपछि इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी टोली खटिएर स्थानीय, आफन्तको रोहबरमा बिहान ९:३० बजे ढोका खोली हेर्दा उनी मृत फेला परेकी थिइन् ।
त्यस्तै त्यसको केही समयपछि सोही ठाउँ बस्ने बर्ष अन्दाजी ३५ का कृष्ण ढुंगेलले पनि आत्महत्या गरेका छन् ।
त्यसको आधा घण्टापछि अन्दाजी १० बजेतिर श्रीमती र छोरी नभएको बेला आफ्नै निजी निवासमा ढुंगेलले आत्महत्या गरेको प्रहरीले जनाएको छ । एकै ठाउँका दुई जनाले अघिपछि झुन्डिएर आत्महत्या गर्नुको कारणबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले बताए ।







