घरेलु टोली नेपाललाई हराउँदै बङ्गलादेशले २० वर्षमुनिको साफ च्याम्पियनशिप फुटबलको उपाधि जितेको छ ।
ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा भएको फाइनलमा बङ्गलादेशले नेपाललाई ४-१ गोलले हराएको हो ।
पहिलो हाफमा एक गोल गरेको बङ्गलादेशले दोस्रो हाफमा तीन गोल थपेको थियो । बङ्गलादेशका लागि खेलको पहिलो हाफको इन्ज्युरी समयमा इस्लामले गोल गरे भने खेलको ५४औं मिनेटमा गोयरी, ७०औं मिनेटमा राबी र इन्ज्युरी समयमा पिआसले गोल गरेका थिए ।
Advertisement
नेपालका लागि खेलको ८१औं मिनेटमा समिर तामाङले एक गोल फर्काएका थिए । बङ्गलादेशले पहिलो पटक साफको उमेर समूहको उपाधि जितेको हो ।







