झापाको बाह्रदशीस्थित भित्री सडक खण्डमा मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका बाह्रदशी गाउँपालिका-१ नयाँबस्ती बस्ने ४२ वर्षीय च्याङबा तामाङको बिएन्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा आज बिहान ११:४५ बजे मृत्यु भएको जिल्ला प्रहरीले कार्यालय झापाले जनाएको छ ।
सोमबार राति ९ बजे बाह्रदशी-२ जनता बजारस्थित भित्री सडक खण्डमा कुटिबाट राजगढतर्फ आउँदै गरेको मे.४ प ५१५६ नम्बरको मोटरसाइकलले पैदलयात्री तामाङलाई ठक्कर दिएको थियो ।
Advertisement
दुर्घटनामा घाइते भएका मोटरसाइकलको पछाडि बसेका कचनकवल गाउँपालिका-१ बस्ने १९ वर्षीय श्रवण राजवंशीको सोही अस्पतालमा उपचार भइरहेको छ । मोटरसाइकल चालक कचनकवल गाउँपालिका-१ पिण्डलबारीका १९ वर्षीय देवराज राजबंशी जिल्ला प्रहरी कार्यालय झापाको नियन्त्रणमा रहेका छन् ।







