नुवाकोटको शिवपुरी गाउँपालिका-७ सूर्यचौरमा भएको एअर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा पाँच जनाको ज्यान गएको छ ।
दुर्घटनास्थलबाट चार जना विदेशी र पाइलट अरुण मल्लको शव निकालिएको नुवाकोटका प्रहरी प्रमुख प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिए । हेलिकप्टरमा चार जना चिनियाँ र एक जना पाइलट थिए ।
काठमाडौँबाट रसुवाको स्याप्रुबेसीका लागि उडेको एअर डाइनेस्टीको नाइन-एन एजेडी कल साइनको हेलिकप्टर उडेको तीन मिनेटमै सम्पर्कविहीन भएको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार काठमाडौँबाट दिउँसो १ बजेर ५४ मिनेटमा उडेको एअर डाइनेस्टीको हेलिकप्टर तीन मिनेटमै सम्पर्कविहीन भएको थियो ।
Advertisement







