• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बिर्तामोडमा अपाङ्गता रोकथाम तथा पुन:स्थापना कार्यक्रम सञ्चालन हुने


  •    संवाददाता/ बुधबार, असार २७, २०८१  

  • बिर्तामोडमा अपाङ्गता रोकथाम तथा पुन:स्थापना कार्यक्रम सञ्चालन हुने भएको छ ।

    उक्त कार्यक्रम सञ्चालनका लागि बिर्तामोड नगरपालिका र करुणा फाउण्डेसनबीच मंगलबार सम्झौता भएको हो ।

    Advertisement

    सम्झौतामा बिर्तामोड नगर प्रमुख पवित्रा महतारा प्रसाईं, उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण खतिवडा, महिला विकास अधिकृत पुष्पा कार्की र साझेदार संस्था करुणाको तर्फबाट कार्यकारी निर्देशक दिपकराज सापकोटा, व्यवस्थापक सन्तोष घिमिरेलगायतले हस्ताक्षर गरेका हुन्

    Advertisement

    नगर प्रमुख प्रसाईंले कार्यक्रमलाई सफल बनाउन सबैलाई सुझाब दिइन् । उनले अपाङ्गता रोकथाम तथा पुनस्स्थापनाका लागि जटिलताहरु धेरै भए पनि प्रयास आवश्यक रहेको धारणा राखेकी थिइन् । पहिलो एक वर्षको प्रगतिका आधारमा कार्यक्रमलाई थप अगाडि बढाइने नगर प्रमुख प्रसाईंको भनाई छ ।

    अपाङ्गता रोकथाम तथा पुन:स्थापनाका लागि करुणा फाउण्डेसनले कोशीका सबै जिल्लामा यो कार्यक्रम सञ्चालन गर्दै छ । बिर्तामोडसहित झापाका ११ वटा पालिकामा सम्झौता सम्पन्न भएको कार्यकारी निर्देशक सापकोटाले जानकारी दिए ।

    नगरका वरिष्ठ योजना अधिकृत जय तिम्सिनाले घरमा एक जना अपाङ्गता भएको व्यक्ति हुँदा थप एक जना हेरचाहमा बस्नु पर्ने वाध्यता रहेकोले सबैलाई आत्मनिर्भर बनाउन कार्यक्रम प्रभावकारी बन्ने विश्वास व्यक्त गरेका थिए ।

    कार्यक्रम सञ्चालका लागि सामाजिक विकास मन्त्रालय, पालिका र करुणाको लागत साझेदारी रहनेछ । अपाङ्गता हुनबाट जोगाउन जन्मजात रोकथाम, भएका व्यक्तिहरुको पुन:स्थापना र सेवा प्रवाह गर्ने संस्थाहरुको सुदृढिकरणका विषयमा प्रमुख रुपमा काम गर्ने संस्थाका पाँचथर संयोजक केदार भण्डारीले जानकारी दिए ।

    कोशी प्रदेशका अन्य जिल्लाहरु मध्ये अपाङ्गता भएका व्यक्तिहरुको संख्या झापामा उच्च छ । बिर्तामोडमा मात्रै १२ सय भन्दा बढी अपांगता भएका व्यक्ति रहेको तथ्याङ्कमा उल्लेख छ ।

    करुणासँगको सम्झौता अवधि तीन वर्षको छ । बिर्तामोडमा कार्यक्रम सञ्चालनका लागि सामाजिक विकास मन्त्रालयको ३९ लाख, बिर्तामोड नगरपालिकाको ३५ लाख र करुणा फाउण्डेसनको ३५ लाख रुपैयाँ बजेट रहेको जनाईएको छ ।

    सम्झौता आगामी साउन १ गतेदेखि लागू हुने छ । प्रत्येक पालिकामा आवश्यकताको आधारमा सहजकर्ता नियुक्त गरेर कार्यक्रम अघि बढाउने करुणा फाउण्डेसनले जनाएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.