• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

ज्ञानुराम प्रसाईं स्मृति प्रतिष्ठानद्वारा वृक्षारोपण


  •    संवाददाता/ बुधबार, असार २७, २०८१  

  • ज्ञानुराम प्रसाईं स्मृति प्रतिष्ठानले अदुवा खोला करिडोरमा वृक्षारोपण गरेको छ ।

    बिर्तामोडका सामाजिक तथा राजनीतिक व्यक्तित्व ज्ञानुराम प्रसाईंको स्मृतिमा प्रतिष्ठानले मंगलबार कोरिडोर क्षेत्रमा वृक्षारोपण गरेको हो ।

    Advertisement

    स्वर्गीय प्रसाईंको तेस्रो स्मृति दिवसका अवसरमा अदुवा खोला करिडोरमा वृक्षारोपण प्रारम्भ गरिएको ज्ञानुराम प्रसाईं स्मृति प्रतिष्ठानका अध्यक्ष बद्रीप्रसाद भट्टराईले बताए ।

    Advertisement

    ग्रीन बेल्टको अवधारणा स्वरूप कोरिडोर क्षेत्रमा सामाजिक संघसंस्थाको अग्रसरतामा वृक्षारोपण गर्ने नीति अनुसार पहिलोपटक प्रतिष्ठानले बिरुवा रोपेको अध्यक्ष भट्टराईले जानकारी दिए ।

    वृक्षारोपण कार्यक्रममा प्रतिष्ठानकी प्रमुख संरक्षक पवित्रा महतारा प्रसाईंसहित प्रसाईं परिवारका सदस्यहरू, प्रतिष्ठानका पदाधिकारी, जनप्रतिनिधि र एमाले नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।

    यसअघि प्रतिष्ठानले स्वर्गीय प्रसाईंको सम्झनामा स्मृति सभा आयोजना गरेको थियो । २०७८ असार २५ गते अल्पायुमै ज्यान गुमाएका प्रसाईंको तेस्रो स्मृति दिवसका अवसरमा सभा आयोजना गरिएको हो ।

    सभामा एमाले नेताहरूले स्वर्गीय प्रसाईंको सामाजिक तथा राजनीतिक योगदान र व्यक्तित्वमाथि चर्चा गरेका छन् । एमाले झापाका अध्यक्ष प्रेम गिरीले झापाको पार्टी जीवनमा प्रसाईंको अभाव सधैँ खड्किरहने बताए ।

    २०८० माघमा गठित प्रतिष्ठानले पहिलोपटक तेस्रो स्मृति दिवसका अवसरमा औपचारिक रूपमा स्मृति सभा आयोजना गरी प्रसाईंलाई सम्झिएको हो । स्वर्गीय प्रसाईंको योगदानलाई चिरस्थायी बनाइराख्नका लागि प्रतिष्ठान स्थापना गरिएको अध्यक्ष भट्टराईले बताए ।

    पञ्चायतकालमा भूमिगत हुँदै शिक्षण पेशामार्फत राजनीतिक सक्रियता बढाएका प्रसाईं तीन कार्यकाल अनारमनी गाविस र बिर्तामोड नगरमा पार्टीका तर्फबाट अध्यक्ष भएका थिए ।

    केही समय वैदेशिक रोजगारीमा बसेर नेपाल फर्किए यता राजनीति तथा सामाजिक अभियानमा उनको सक्रिय सहभागिता रह्यो । मनमोहन सामुदायिक अस्पताल, प्रसाईं ट्रस्ट, नवीकरणीय ऊर्जा, झापा इनर्जी, झापा नाटक घर, देवी मावि लगायतका संघसंस्थामा रहेर प्रसाईंले नेतृत्वदायी भूमिका निर्वाह गरेका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.