• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

भद्रपुर भन्सारले मुआब्जापीडितलाई १५ दिनभित्र घर खाली गर्न दियो आदेश


  •    संवाददाता/ मङ्गलबार, असार २६, २०८१  

  • घर टहराको उचित मूल्यांकनसहित मुआब्जा बुझिसकेर पनि घर भत्काउन खोज्ने मुआब्जापीडितहरुलाई भद्रपुर भन्सार कार्यालयले १५ दिनभित्र संरचना खाली गर्न सूचित गरेको छ ।

    मुआब्जापीडितहरुले आफ्ना घर टहरा सम्झौता भएकै अबस्थामा छाडेर जानुपर्नेमा भित्रभित्रै भत्काउने कार्य गर्न थालेपछि भद्रपुर भन्सारले मध्य बर्षाकै बिचमा भएपनि असार २१ गतेबाट लागु हुनेगरी १५ दिनभित्रमा सम्पूर्ण संरचना छोडेर जान सूचना टाँस गरेको हो ।

    Advertisement

    २०७५ सालमा छोटी भन्सारबाट भद्रपुर भन्सार कार्यालयमा स्तरोन्नति भएको यस कार्यालयले आफ्नो कार्यालय अगाडि रहेको १० बिगाह जमिनसहित घर टहराको उचित मूल्यांकनसहित मुआब्जा वितरण अन्तिम चरणमा पुर्याएको छ । अब भद्रपुर भन्सारले ९ परिवारलाई २० करोड १३ लाख ८२ हजार ४०३ रुपैयाँ मुआब्जा दिन बाँकी रहेको भन्सार प्रमुख अमित तिवारीले बताए । उनले मुआब्जा दिइसकेपछि सो संरचना सरकारको भइसकेकाले खाली गराउने प्रक्रिया शुरु गरिएको जानकारी दिए ।

    Advertisement

    सरकारले गत जेठमा भद्रपुर भन्सार मुआब्जापीडितको लागि थप ३० करोड रकम पठाएको थियो । त्यसअघि २०८० जेठ १ गते पहिलो चरणमा १० करोड निकासा गरेको थियो । भद्रपुर-गलगलिया सीमा नाका जोड्ने मेची नदीमा पक्की पुल सञ्चालनमा आएपछि सरकारले २०७५ भदौ १ गते छोटीबाट स्तरोन्नति गर्दै भद्रपुर भन्सार कार्यालयलाई मूल भन्सार बनाएको थियो । पुरानै संरचनामा मूल भन्सार कार्यालयमा परिणत गरेपछि भन्सार विभागले भद्रपुर भन्सारको स्तरोन्नतिसँगै नयाँ भौतिक संरचना निर्माणका लागि बाटोको उत्तरपट्टी जमिन अधिग्रहण गरेको हो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    ताजा अपडेट
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया
    • आज २१३औं भानु जयन्ती

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.