झापाको भद्रपुर-१० लेखनाथ चोकमा घरबाटै सिटी सफारी चोरी भएको छ ।
गएराति लेखनाथ चोक निवासी रमेश चम्लागाईको घरको कम्पाउन्डबाट चार्जमा राखिएको प्र १-०१-०२ ह ३२२४ नम्बरको निलो नयाँ सिटी सफारी चोरी भएको हो । चार्जको तार काटेर चोरी गरेको पीडितले जनाएका छन् ।
झापामा यसअघि पनि अटो र सिटी सफारी चोरी भएको छ । जिल्लामा साना सवारीसाधन मोटरसाइकल मात्र हराउने गरेका छैनन्, ठूला ट्रयाक्टरसमेत चोरी भएको घटना छ ।
Advertisement
जिल्ला प्रहरी कार्यालय झापाको तथ्यांक अनुसार चालु आर्थिक वर्षको साउन १ देखि जेठ १३ सम्म जिल्लामा जम्मा २२ वटा सवारीसाधन चोरी भएका छन् । जसमध्ये मोटरसाइकल १८, ट्रयाक्टर, अटो, सिटी सफारी र स्कुटर एक-एक वटा रहेका छन् । चोरीमा संलग्न २६ जनालाई पक्राउ गरी कार्वाही गरिएको झापा प्रहरीका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताए ।







