बुद्धशान्ति प्रेस क्लबले क्लबमा आबद्ध नयाँ सदस्यहरुलाई स्वागत सम्मानसहित आधारभूत पत्रकारिता सम्बन्धी प्रशिक्षण दिएको छ ।
उक्त तालिममा संस्थाका सल्लाहकार संयोजक उमाकान्त खनालले पत्रकार भएर जान्नुपर्ने सामान्य कुरादेखि प्रविधिमा पत्रकारले कसरी फड्को मार्ने भन्ने विषयमा प्रशिक्षण गराएका थिए । पत्रकारिता आचारसंहिता, खोज पत्रकारिताका बारेमा समेत सहजीकरण गरेका थिए ।
सोही अवसरमा असार १५ अर्थात दही चिउरा खाने दिन भएकाले उपस्थित सम्पूर्णलाई दही चिउरा कार्यक्रममा समेत सामेल गराइको थियो ।
प्रेस क्लबका अध्यक्ष तीर्थराज तिम्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा बुद्धशान्ति गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष तथा प्रेस क्लबका संस्थापक अध्यक्ष अनिल वाग्लेको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा क्लबका सल्लाहकार गंगाराम गड्तौला, टंक काफ्ले बिकल्प, भुवन तामाङ, संस्थापक सचिव दिपेन लावती लगायतको आतिथ्यता रहेको थियो ।
संस्थाका उपाध्यक्ष नारायण अर्यालले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव रोशन भट्टराईले गरेका थिए ।







