झापाको मेचीनगरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।
आज बिहान अन्दाजी ३:३० बजेको समयमा मेचीनगर नगरपालिका वडा नम्वर १५ लालझोडास्थित भित्री सडकखण्डमा भद्रपुरबाट धुलाबारीतर्फ आउँदै गरेको प्रदेश १-०१-०१६ प ४१८ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मेचीनगर नगरपालिका वडा नम्वर १० बस्ने अन्दाजी २२ वर्षीय राजिब दनुवारको मृत्यु भएको हो ।
घाइतेहरुलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएकोमा उपचारका क्रममा बिहान ५:४० बजे राजिब दनुवारलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।
त्यस्तै मेचीनगर नगरपालिका वडा नम्वर १० बस्ने अन्दाजी २१ वर्षीय अभिषेक राई र सोही ठाउँ बस्ने अन्दाजी २१ वर्षीय विवेक दनुवार गम्भीर घाइते भएका छन् । दुवैको बीएण्डसी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मोटरसाइकलमा तीनजना सवार रहेका थिए ।







