सप्तक संगीत विद्यालयले अर्जुनधारा नगरपालिकाका मेयर बलदेव सिंह गोम्देन तामाङ्गसहित तीन जनालाई सम्मान गरेको छ ।
बिर्तामोड-५ स्थित विद्यालयले विश्व संगीत दिवस तथा योग दिवसको अवसरमा एक कार्यक्रम गर्दै अर्जुनधारा नगरपालिकाका मेयर तामाङ्ग, साहित्यकार तथा रंगकर्मी लवकुश गौतम र झापा नाटक घरका अध्यक्ष माधव कल्पितलाई सम्मान गरिएको हो । 
उक्त कार्यक्रममा साहित्य चौतारी झापाका अध्यक्ष देविभक्त श्रेष्ठ, सम्मानित व्यक्तित्व अर्जुनधारा नगरपालिकाका मेयर तामाङ्ग, शिक्षक अभिभावक संघका अध्यक्ष सत्यनारायण तायल लगायतले आ-आफना धारणा राखेका थिए ।
Advertisement
संरक्षक कुमार सुवेदीले स्वागत तथा कार्यक्रम माथी प्रकाश पारेको कार्यक्रमको सञ्चालन विद्यालयका अध्यक्ष सरोज वत्सले गरेका थिए ।







