नेकपा एमाले बिर्तामोड नगर कमिटीले असार १४ गते सबै वडाको वडा अधिवेशन गर्ने निर्णय गरेको छ ।
शनिवार बसेको एमाले नगर कमिटीको बैठकले एकैदिन वडा अधिवेशन गर्ने निर्णय गरेको हो ।
नगर कमिटीका अध्यक्ष सुवास भट्टराईले वडाको दोस्रो वडा अधिवेशन एकैदिन आयोजना हुने बताए ।
Advertisement
वडा अधिवेशन अगाडि २०८१ सालको पार्टी संगठित सदस्यको सदस्यता नवीकरण गर्ने कार्य सुरु गरिएको अध्यक्ष भट्टराईले जानकारी दिए ।







