• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

रुघाखोकी निको पार्ने घरेलु तरिका जान्रुहाेस्


  •    संवाददाता/ आइतबार, असार ०३, २०८१  

  • संसारमा सायदै त्यस्तो व्यक्ति होला जसलाई जीन्दगीको कुनै न कुनै बेला रुघा नलागेको होस् । घरमा एक जनालाई वा स्कूलको कक्षामा एक विद्यार्थीलाई रुघा लाग्यो भने उसले हाच्छ्युँ गर्दा उडेका स-साना जीवाणुहरू स्वस्थ व्यक्तिको शरीरमा पसेपछि रुघा लाग्ने सम्भावना हुन्छ। त्यसपछि पनि प्रतिरोधात्मक शक्ति कम भएको, थाकेको, नखाएको बेलामा रुघा लाग्ने बढी सम्भावना हुन्छ ।

    रुघा लागेको व्यक्ति भएको कोठाका झ्यालढोका लगाएर बस्दा जीवाणुहरू त्यहीँ रहन्छन् र रोग कोठामा बस्ने सबैलाई सर्छ । कहिले कुनै त कहिले कुनै प्रकारको जीवाणुको कारणले रुघा फैलिने भएकोले यसको विरुद्धमा खोप तयार पार्न पनि गाह्रो छ । संसारका सबैलाई कुनै न कुनै बेला यो रोगले समाते पनि चट्टै निको हुने गरी कुनै औषधी बनाउन सकिएको छैन । कतिले एन्टिवायोटिक खान्छन्, कतिले विज्ञापनमा देखाएजस्तो चक्की खान्छन् । तर रुघा निको पार्ने औषधी छैन । यो समस्या नहोस् भन्नको लागि केही रक्षात्मक उपाय अपनाउन सकिन्छ र समस्या भइसकेपछि पनि केही साधारण उपाय अपनाउन सकिन्छ ।

    Advertisement

    रुघा लागेको व्यक्तिको संसर्ग नगर्ने रुघा लागेका व्यक्ति नजिक वा मुखामुख हुने गरी बस्नु हुँदैन । यदि बस्नु परेमा मुख र नाक छोप्ने किसिमको मास्क लगाउनु ठीक हुन्छ ।

    Advertisement

    भिटामिन सी

    अमला, कागतीजस्ता भिटामिन सी भएका भोजनको प्रयोग र मौसमी फलफूलहरूको प्रयोगले शरीरमा भिटामिन सी को आपूर्ति हुन सक्छ । भिटामिन सी ले शरीरको रोगसँग लड्ने शक्ति बढाउँछ ।

    आराम र पानी

    रुघा लाग्नुभन्दा अघि धेरै जना नाक र घाँटीमा के-के भएजस्तो, बालुवा रहेको जस्तो, खसखस भएजस्तो हुन्छ भन्ने गर्छन् । यस्तो किसिमको अनुभव हुने बित्तिकै आराम गरेर प्रर्याप्त मात्रामा पानी (विशेष गरी कागती हालेर) पिउनु पर्छ । पानीको पर्याप्त प्रयोगले जीवाणुहरू पिसाबबाट चाँडै बाहिर निस्कन्छन् ।

    पानी मात्र पिउन मन नलागे तरकारीको तातो सूप पर्याप्त मात्रामा पिउनु पर्छ । रुघा लाग्दा प्राय: खानामा रुचि घट्ने हुनाले सूपको प्रयोग गर्नाले शरीरलाई चाहिने केही पोषण तत्व पनि प्राप्त गर्न सकिन्छ । यस्तो बेलामा काम छोडेर आराम गर्नु उत्तम हुन्छ । यदि सम्भव भएन भने कम से कम शारीरिक रुपमा धेरै थाक्ने काम चाहिँ त्याग्नु पर्छ ।

    नुन-पानीले कुल्ला

    घाँटीमा खसखस भएको बेलामा मनतातो पानीमा नुन हालेर घाँटीमा गारगल (खकाल्ने) गरेमा दुखाइ निकै कम हुन्छ । सम्भव भए दिनमा ५-६ चोटि, त्यो नभए दुखेको र थुक निल्न गाह्रो भएको वेला चाहिँ कुल्ला गर्नु (खकाल्नु) पर्छ । यसले घाँटीको दुखाइ र संक्रमण पनि कम गर्छ। घाँटीमा कुल्ला गर्दा अलिकति ज्वानो पानीमा हालेर कुल्ला गर्दा फाइदा गर्छ ।

    मह र कागती

    घाँटी दुखेको बेला मनतातो पानीमा मह र कागती मिसाएर पिउनाले ३ वटा फाइदा हुन्छ । शरीरलाई पानीको मात्रा पुग्छ, कागतीले भिटामिन सी दिन्छ । महले केही मात्रामा क्यालोरी दिन्छ र घाँटीको दुखाइ पनि केही कम गर्छ । धेरै जसोले यसमा अदुवाको टुक्रा पनि हाल्छन्। अदुवालाई पानीसँग भिन्नै काँढा बनाएर पनि प्रयोग गर्न सकिन्छ ।

    तातो पानीको वाफ

    सम्भव भएमा त पूरा जीउ नै तातो पानीको वाफमा राख्न सके वा तातो पानीमा बस्न सके शरीरले आनन्द पाउने मात्र होइन शरीरमा रुघा लाग्दा सूक्ष्म जीवाणुहरूको विषको कारणले दुखेको मासंपेशीलाई पनि धेरै फाइदा हुन्छ । तर हामी कहाँ यो सुविधा थोरै व्यक्तिहरू मात्र उपयोग गर्न सक्षम छन् । तर पानी उमालेर कुनै भाँडोमाथि राखी त्यस भाँडोमाथि टाउको राखेर कुनै बाक्लो कपडाले टाउको छोपेर वाफ लिन चाहिँ सकिन्छ । पानीमा कति जनाले वास्ना आउने सन्चो या टिन्चर वेन्जीन पनि हाल्छन् । यसरी बाफ लिँदा नाकमा वास्ना आई सुँघ्न आनन्द आउने र बाफले नाक खुलेर सास लिन सजिलो हुन्छ । घाँटी दुखेको र अलि-अलि छाती दुखेको पनि निको हुन्छ ।

    घरेलु औषधि

    तुलसीको पात र दानालाई २/३ गिलास पानीमा उमालेर आधा गिलास भएपछि निकाली त्यो पानी पिउनाले धेरै फाइदा गर्छ । तुलसीको पात घरैमा पाइन्छ। आजकल त तुलसीको चिया नै पनि बजारमा आउन थालेको छ । स्वास्थ्य खबरपत्रिकाबाट

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    शरीरमा पानीको कमी भएको यसरी थाहा पाउन सकिन्छ
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.