मेचीनगरस्थित माधव संस्कृत विद्याश्रम सञ्चालक समितिको अध्यक्षमा तिलकप्रसाद गिरी निर्वाचित भएका छन् ।
शनिबार सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा सुर्यप्रकाश सापकाेटा र लिलादेवि भण्डारी, सचिवमा यमनाथ बराल, सह-सचिवमा शिवलाल प्रसाईं र काेषाध्यक्षमा टेकबहादुर गिरी सर्वसम्मत चयन भएका हुन् ।
त्यस्तै सदस्यहरुमा राजकुमार मेचे, ललित खड्का, सहदेव ढुङगाना र रूपेस अधिकारी चयन भएका छन् ।
Advertisement
त्यसैगरी लेखा समिति संयाेजकमा जगन भट्टराई र लेखा सदस्यमा माेहनप्रसाद घिमिरे तथा रमेश भट्टराई सर्वसम्मत चयन भएका हुन् ।







