मेचीनगरका सञ्चारकर्मीहरुका लागि विकास पत्रकारिता तालिम सुरु भएको छ ।
मेचीनगर सञ्चार प्रतिष्ठानको आयोजनामा शनिबारबाट सुरु भएको तालिममा मेचीनगरका ३० जना भन्दा बढी सञ्चारकर्मीको सहभागीता रहेको छ ।
प्रतिष्ठानका अध्यक्ष शिशिर चम्लगाईँको अध्यक्षतामा भएको उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि नगर उपप्रमुख मीना पोख्रेल उप्रेतीले मिडियाकर्मीहरुमा एकद्वार प्रणालीबाट जान सञ्चार प्रतिष्ठान गठन गरिएको बताइन् ।
उनले पत्रकारहरुले पहुँचको आधारमा विज्ञापन र सेवा सुबिधा पाउने अवस्थाको अन्त्य गर्न प्रतिष्ठानको परिकल्पना गरिएको बताएकी छन् ।
दुई दिनसम्म चल्ने तालिमलाई पहिलो दिन गणेश पोख्रेल, मोहन काजी र ज्ञानेन्द्र निरौलाले सहजीकरण गरेका थिए भने दोश्रो दिन जिएन शर्माले गर्ने छन् ।
उक्त तालिम उद्घाटन सत्रमा वडा नम्बर ७ का वडाध्यक्ष प्रह्लादमणि ओली, नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्ती, प्रेस क्लब मेचीनगरका पूर्व अध्यक्ष मुक्ति पौडेल, प्रेस क्लब मेचीनगरका अध्यक्ष डम्बर बराल लगायतले आ-आफ्ना धारणा राखेका थिए ।
प्रतिष्ठानका सदस्य झुलन रेग्मीले मन्तव्यबाट स्वागत गरेको कार्यक्रम सञ्चालन सदस्य सचिव प्रकाश पौडेलले गरेका थिए ।







