झापाको शिवसताक्षी नगरपालिका वडा नं.३ भोटेपुलमा आज बिहान एकै घरका दुई बालकसहित तीनजना मृत फेला परेका छन् ।
सुजन बेस्राकी श्रीमती २५ वर्षीया अन्जली बेस्रा, उनका छोराहरु ९ वर्षका बिशाल बेस्रा र ३० महिनाका आयुष बेस्रा मृत फेला परेका हुन् ।
अन्जली झुन्डिएको अबस्थामा फेला परेकी छन् । आफ्ना दुई छोरालाई विष सेवन गराई हत्या गरेपछि उनले आत्महत्या गरेको हुन सक्ने आशंका गरिएको छ ।
Advertisement
प्रहरीले घटनाका बारेमा थप अनुसन्धान गरिरहेको छ । सुजन बेस्रा वैदेशिक रोजगारीमा रहेको बताइएको छ ।







