नेकपा एमाले बिर्तामोड नगर कमिटीको दोस्रो अधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यहरुले सपथ ग्रहण गरेका छन् ।
मंगलबार जिल्ला पार्टी कार्यालय बिर्तामोडमा आयोजित सपथ ग्रहण तथा पदहस्तान्तरण कार्यक्रमको आयोजना गरी नयाँ नेतृत्वले सपथ ग्रहण गरेको हो ।
निर्वाचन समितिका संयोजक राजेन्द्र भट्टराईले नवनिर्वाचित अध्यक्ष सुवास भट्टराई लगायत पदाधिकारी, सदस्यहरु र लेखा समिति सदस्यहरुलाई सपथ ग्रहण गराएका हुन् ।
सपथ ग्रहणपछि नवनिर्वाचित अध्यक्ष भट्टराईले पार्टीलाई एक ढिक्का बनाएर लैजाने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीको स्पीरिड र जनताको बहुदलीय जनवादलाई मार्गनिर्देश मानेर बलियो एमाले बनाउने बताए ।
सपथ ग्रहण कार्यक्रममा पार्टी केन्द्रीय सदस्य गिता अधिकारी, जिल्ला अध्यक्ष प्रेम गिरी, बिर्तामोड नगर प्रमुख पवित्रा महतारा प्रसाई, पवित्रा निरौला खरेल, हरिचरण शिवाकोटी, अध्यक्षका अर्का प्रत्यासी शेखर कडेल लगायतले मन्तव्य राखेका थिए ।







