• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

तीन दिनभित्र सूचीकृत नभए इन्टरनेटको तार काटिने


  •    संवाददाता/ सोमबार, जेठ २१, २०८१  

  • बिर्तामोड नगरपालिका वडा नं.१ मा सञ्चालनमा रहेका केवल नेटवर्क तथा इन्टरनेट कम्पनीको तार तीन दिनभित्र व्यवस्थित गर्न समय दिइएको छ ।

    वडा कार्यालयमा भएको छलफलमा वडा नं.१ भित्र सञ्चालनमा रहेका इन्टरनेट तथा केवल नेटवर्क कम्पनीहरुलाई तीन दिनभित्र सूचीकृत हुन समय प्रदान गरिएको हो । अन्यथा वडाको रोहबरमा नेपाल टेलिकममार्फत तार काट्ने निर्णय गरिएको छ ।

    Advertisement

    अव्यवस्थित तारकै कारण अतिथि सदनलगायतका टोलका पोलमा आगो लागेर विभिन्न प्रकारका क्षति भएपछि वडाध्यक्ष अग्निप्रसाद पाण्डेले वडा कार्यालयमा छलफल राखेका थिए । छलफलमा विभिन्न इन्टरनेट कम्पनी तथा केवल नेटवर्क सञ्चालकहरुको उपस्थिति रहेको थियो ।

    Advertisement

    त्यस्तै, गत जेठ १६ गते पञ्चकन्या, उन्नति र प्रगति टोलका पोलमा आगो लाग्दा नजिकका घरमा भएको क्षतिको विवरण संकलन गरी प्रतिवेदन तयार पार्ने र क्षतिपूर्तिको व्यवस्थाको लागि माग गर्ने निर्णय भएको छ ।

    वडा नं.१ मा अव्यवस्थित रहेका टेलिफोनका तार, इन्टरनेट, डिसहोम लगायतका झुप्पा तार व्यवस्थापन गर्न आगामी मंसिरसम्मको समय प्रदान गरिएको जनाइएको छ । त्यसका लागि नेपाल विद्युत प्राधिकरणको केवल व्यवस्थापन सम्पन्धी नीतिबमोजिम गर्ने निर्णय भएको हो ।

    छलफलले समस्या समाधानको लागि नेपाल टेलिकमका इन्जिनियर काजीमान विश्वकर्माको संयोजकत्वमा समिति समेत निर्माण गरिएको छ । जसको सदस्यमा कृष्ण कुइँकेल मेची स्पेसलिंक, कमल कार्की वल्र्ड लिंक, कौशल अधिकारी डिस होम र विजय अधिकारी सुबिसु रहेका छन् ।

    उक्त छलफलमा वडाध्यक्ष अग्निप्रसाद पाण्डे, बिर्तामोड कार्यपालिका सदस्य यमुना आचार्य, वडा सदस्य योगचन्द्र आङबुहाङ, वडा सचिव टिका अधिकारी लगायत विभिन्न टोल विकास समितिका अध्यक्ष, सल्लाहकार, उद्योग वाणिज्य संघका प्रतिनिधि र केवल तथा इन्टरनेट कम्पनीका सञ्चालक तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । झापा टुडेबाट

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.