नेकपा एमाले बिर्तामोडको अध्यक्षमा पुन:सुवास भट्टराई निर्वाचित भएका छन् ।
उनले अध्यक्षका अर्का उम्मेदवार शेखर कडेललाई ६९ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् । भट्टराईले २६८ ल्याउँदा कडेलले १९९ मत प्राप्त गरेका छन् ।
यस्तै, उपाध्यक्षमा मदन बुढाथोकी ३२३ मत प्राप्त गर्दै निर्वाचित भएका छन् भने उपाध्यक्षका अर्का उम्मेदवार राहुल शर्माले १३४ मत प्राप्त गरेका हुन् ।
त्यसैगरी सचिवमा अम्बिका लिङदेन २३८ मतसहित निर्वाचत भएका छन् भने अर्का उम्मेदवार लक्ष्मी बाँस्कोटाले २१० प्राप्त गर्दै पराजित भएका छन् । उपसचिवमा गंगालाल राजवंशी २२२ मत प्राप्त गर्दै निर्वाचित भए भने उनका प्रतिष्पर्धी हिमाल कन्दङवा २ मतले पराजित भएका हुन् ।
यस्तै, महिला उपचिवमा डिल्लीमाया आचार्य २५४ मतसहित निर्वाचित भइन् भने उनको प्रतिष्पर्धी चन्द्रकला पकुवाल संग्रौलाले १७६ मत प्राप्त गर्दै पराजित भएकी छन् ।
त्यसैगरी लेखा समिति अध्यक्षमा होमनाथ उप्रेती, उपाध्यक्षमा दिनेश अधिकारी र सचिवमा हिमाल मैनाली निर्वाचित भएका छन् ।







