बिर्तामोड-४ स्थित इडन गार्डेन विद्यालयमा उज्यालो इडन बाल क्लब पुन:गठन गरिएको छ ।
विद्यालयमा आइतबार आयोजित एक कार्यक्रमका बीच भजन दङगालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको हो ।
त्यस्तै उपाध्यक्षमा रोनिसा प्रसाईं, सचिवमा आयुश न्यौपाने, सहसचिवमा समिर राजवंशी र कोषाध्यक्षमा सन्ध्या सिटौला चयन भएका छन् ।
Advertisement
त्यसैगरी सदस्यहरुमा अनमिका थापा, सुदिक्षा उप्रेती, रबिन अधिकारी, नोसाङ्ग तामाङ्ग, सज्ञान गौतम, सैलेश दाहाल, मनिष लिम्बू, आसिका कडरिया, बन्दना थापा र रोनिसा प्रसाईं सर्वसम्मत चयन भएका हुन् ।







