• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बाहुनडाँगी बन्यो बी डिभिजन लिग च्याम्पियन


  •    संवाददाता/ शुक्रबार, जेठ ११, २०८१  

  • बाहुनडाँगी युथ क्लब झापा जिल्लास्तरीय बी डिभिजन लिग च्याम्पियन बनेको छ ।

    बिहीबार भएको फाइनल खेलमा बिर्तामोड युनाइटेड एफसीलाई पराजित गर्दै बाहुनडाँगी च्याम्पियन बनेको हो ।

    Advertisement

    बी डिभिजनबाट बढुवा भएका दुवै टोलीबीच फाइनल प्रतिस्पर्धा भएको थियो । जसमा बाहुनडाँगीले ३-२ गोलअन्तरले बिर्तामोडलाई पराजित गरेको हो । बिर्तामोडले सुरुवाती अग्रता लिएको थियो । तर, बिर्तामोडको अग्रता त्यति धेरै टिक्न सकेन । बिर्तामोडका लागि सुजन विश्वकर्माले खेलको २ मिनेटमै अग्रता दिलाएका थिए ।

    Advertisement

    बाहुनडाँगीका रिक्की प्रधानले १४औँ मिनेटमा बराबरी गोल फर्काए । फेरि ३१औँ मिनेटमा नरेन्द्र खत्रीले गोल गर्दै बिर्तामोडको अग्रता दोब्बर बनाए । पहिलो हाफको थप समयमा बिर्तामोडका रोशन गुरुङले आत्मघाती गोल गर्दा बाहुनडाँगी फेरि खेलमा फर्कियो । बाहुनडाँगीका लागि निर्णायक गोल दोस्रो हाफको १४औँ मिनेटमा रिक्की प्रधानले गरेका थिए ।

    उनी प्लेयर अफ दी म्याच र प्लेयर अफ दी टुर्नामेन्ट बन्दै नगद पुरस्कार पाउन सफल भए । यसैगरी, सर्वाधिक गोलकर्ता बिर्तामोडका सुजन विश्वकर्मा, उत्कृष्ट गोलरक्षक बाहुनडाँगीका अभिषेक लिम्बू र उत्कृष्ट प्रशिक्षक बाहुनडाँगीकै विमलराज पाण्डे बनेका छन् ।

    उपविजेतामा समेटिएको बिर्तामोडले नगद १५ हजारमा चित्त बुझायो भने च्याम्पियन टोली बाहुनडाँगीले उपाधिसहित नगद ३० हजार पायो । उनीहरुलाई पूर्व प्रदेश सांसद बृख प्रधान, झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामा, उपाध्यक्ष मनेष दाहाल, कोषाध्यक्ष भुपेन लिम्बू, सदस्य टेकराज तिलिङ, अमिर श्रेष्ठ लगायतले पुरस्कार प्रदान गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    इंग्ल्यान्ड विश्वकप फुटबलको सेमिफाइनलमा, नर्वेको यात्रा समाप्त
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.