झापाको बिर्तामोड नगरपालिका वडा नं.१ मा बालअधिकार सम्वन्धी दुई दिने तालिम बिहीबारबाट सुरु भएको छ ।
वडा कार्यालयको हलमा आयोजित तालिममा आदर्श बाल क्लब र वडाका ३६ वटा टोल विकास संस्थाबाट ४५ जनाको सहभागिता रहेको छ ।
उक्त कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष अग्निप्रसाद पाण्डेले तालिम प्रभावकारी रहेकोले राम्रोसँग लिन बालबालिकालाई आग्रह गरे छन् । उनले पछिल्लो समय समाजमा बढिरहेको लागुऔषध दुर्व्यसनी नियन्त्रणका लागि बालबालिकाहरुले पनि ध्यान दिन आग्रह गरेका थिए ।
तालिममा बालअधिकार, बाल क्लव सञ्चालन र बालमैत्री स्थानीय शासन व्यवस्था लगायतका विषयमा प्रशिक्षण गराईने बालबालिका तथा शिक्षा सञ्चारमञ्चका संयोजक सरोज पौडेलले जानकारी दिए ।
उक्त तालिम उद्घाटन कार्यक्रममा वडा सदस्य इन्द्रचन्द्र आङवुहाङ, टेकबहादुर अधिकारी, पुर्व जनप्रतिनिधि प्रेमकुमार खरेल, बाल क्लव अध्यक्ष अनुकुल निरौला र वडासचिव टिका अधिकारी लगायतको उपस्थिति रहेको थियो ।







