झापामा मोटरसाइकल चोरी गरेको आरोपमा पाँच जना पक्राउ परेका छन् ।
उनीहरूलाई चोरी गरिएका दुई वटा मोटरसाइकलसहित मंगलबार कनकाई नगरपालिकाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
पक्राउ पर्नेहरूमा कनकाई नगरपालिका-४ का १८ वर्षीय प्रियंक कँडेल, २१ वर्षीय कृष्ण घिमिरे, १८ वर्षीय नवीन बस्नेत, १५ वर्षीय बालक र कनकाई-३ का १८ वर्षीय सम्रिक चुँडाल रहेका छन् ।
Advertisement
कनकाई नगरपालिका-३ र ४ मा चोरीको मोटरसाइकल रहेको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
प्रहरीले उनीहरूको साथबाट मे ९ प ६४६१ नम्बरको एनएस, प्रदेश ३-०२-००९ प ५२२१ नम्बरको क्रस फायर मोटरसाइकल बरामद गरेको थियो । पक्राउ परेका पाँचै जनालाई इलाका प्रहरी कार्यालय अनारमनिमा राखेर थप अनुसन्धान भइरहेको जनाइएको छ ।







