कोशी प्रदेशको योजना आयोगको उपाध्यक्षमा राजेन्द्रप्रसाद अधिकारी नियुक्त भएका छन् ।
प्रदेश सरकारको सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।
झापा गरामनी निवासी अधिकारी मेची बहुमुखी क्याम्पसका अर्थशास्त्र विषयको उप-प्राध्यापक हुन् । उनले नेपाली अर्थतन्त्रमा मुद्रा आपूर्ति र मूल्यस्तरबीचको सम्बन्ध विषयमा विद्यावारिधि पूरा गरेका छन् ।
Advertisement







