• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

‘लागुऔषध नियन्त्रणमा आमाहरु’ कार्यक्रम सञ्चालन


  •    संवाददाता/ शनिबार, जेठ ०५, २०८१  

  • जिल्ला प्रहरी कार्यालय झापाले पछिल्लो दश महिनामा तीन सय ७२ लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाका विभिन्न स्थानबाट लागुऔषध सेवनकर्ता, बिक्रेता र ओसारपसारमा संलग्नलाई पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमध्ये २५ महिला समेत रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए । लागुऔषध कारोबारमा संलग्नमध्ये स्वदेशी तीन सय २५ पुरुष र २५ महिला तथा १८ विदेशी पुरुष र चार विदेशी महिला रहेका छन् ।

    Advertisement

    सोही अवधिमा झापामा लागुऔषधका दुई सय ४० वटा मुद्दा दर्ता भएका छन् । जसमा खैरो हिरोइन एक हजार नौ सय ४४ ग्राम चार हजार छ सय ४० मिलिग्राम र २६ केजीभन्दा बढी गाँजा बरामद गरेको प्रहरीले जनाएको छ ।

    Advertisement

    चालु आर्थिक वर्ष २०८०/०८१ को साउन महिनामा ३४ पुरुषसहित ३७ जना मानिस लागुऔषधसहित पक्राउ परेका थिए । त्यस्तै भदौ महिनामा ४२ जना मानिससहित १० केजी एक सय सात ग्राम गाँजा र चार सय ५५ ग्राम हिरोइन प्रहरीले पक्राउ गरेको थियो ।

    त्यस्तै असोज महिनामा ४१ जना मानिससहित एक केजी छ सय ७० ग्राम गाँजा र एक सय ७६ ग्राम चार सय ४० मिलिग्राम हिरोइन, कात्तिक महिनामा लागुऔषधका १० वटा मुद्दा दर्ता हुँदा १७ जना मानिस पक्राउ परेका थिए भने ३२ ग्राम सात सय मिलिग्राम हिरोइन प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।

    यसैगरी मङ्सिर महिनामा १२ जना पुरुष, तीन महिला स्वदेशी र दुई पुरुष विदेशीसहित १७ जना मानिस पक्राउ परेका थिए । ११ वटा लागुऔषधका मुद्दा दर्ता हुँदा प्रहरीले ७० ग्राम चार सय ७० मिलिग्राम हिरोइन बरामद गरेको थियो । पुस महिनामा १४ जना मानिस पक्राउ र नौ वटा लागुऔषधका मुद्दा दर्ता भएका छन् भने एक सय ६२ ग्राम दुई सय ७० मिलिग्राम हिरोइन बरामद भएको छ ।

    त्यस्तै माघ महिनामा ३५ जना पक्राउ परे भने २६ वटा मुद्दा दर्ता भएका छन् । माघ महिनामा दुई सय ५० ग्राम गाँजा र ३९ ग्राम तीन सय २० मिलिग्राम हिरोइन बरामद भएको जिल्ला प्रहरी कार्यालय झापाको तथ्याङ्कमा उल्लेख छ ।

    यसैगरी फागुन महिनामा सबैभन्दा बढी लागुऔषध कारोबारी पक्राउ परेका छन् । यो महिना ५१ स्वदेशी पुरुष, सात स्वदेशी महिला, दुई विदेशी पुरुष र एक विदेशी महिला गरी कूल ६१ जना मानिस पक्राउ परेको प्रहरीले जनाएको छ । यो महिनामा जिल्ला प्रहरी कार्यालय झापामा ३९ वटा लागुऔषधसम्बन्धी मुद्दा दर्ता भए । प्रहरीले यो महिना ७० ग्राम पाँच सय मिलिग्राम गाँजा र तीन सय ३५ ग्राम नौ सय ९० मिलिग्राम खैरो हिरोइन प्रहरीले फेला पारेको थियो ।

    त्यस्तै चैत महिनामा प्रहरीले ५५ स्वदेशी पुरुष, दुई स्वदेशी महिला र दुई विदेशी पुरुष गरी कूल ५९ जना मानिसलाई लागुऔषध कारोबारीका रुपमा पक्राउ ग¥यो । चैत महिनामा लागुऔषधका ३७ वटा मुद्दा दर्ता भए । यो महिना प्रहरीले एक केजी चार सय ७९ ग्राम चार सय मिलिग्राम गाँजा बरामद गरेको थियो ।

    यसैगरी वैशाख महिनामा ४२ जना स्वदेशी पुरुष, दुई स्वदेशी महिला, पाँच विदेशी पुरुष गरी कूल ४९ जना मानिस पक्राउ परे । वैशाखमा लागुऔषधका २९ वटा मुद्दा दर्ता भएका छन् । लागुऔषध कारोबारमा संलग्नलाई पक्राउ गरी प्रहरीले गरेको अनुसन्धानका क्रममा जिल्लामा हुने आपराधिक गतिविधिमा संलग्नमध्ये ७० देखि ९० प्रतिशतसम्म उनीहरुको हात रहने खुलेको छ ।

    लागुऔषध नियन्त्रणका लागि प्रहरीले दिनहुँजसो सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आए पनि भारतको पश्चिम बङ्गाल र विहारसँग झण्डै एक सय ४४ किलोमिटर क्षेत्र खुला सीमा भएका कारण लागुऔषध नियन्त्रणमा प्रहरीलाई चुनौती थपिएको हो । दिनानुदिन लागुऔषध प्रयोगकर्ताको सङ्ख्या बढ्दै गएको पाइएपछि जिल्ला प्रहरी कार्यालय झापाले अहिले लागुऔषध नियन्त्रणमा आमाहरु नामक कार्यक्रम सञ्चालन गरेको प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए । अहिले जिल्लाका १५ वटै पालिकामा यो कार्यक्रम सञ्चालनमा रहेको छ । स्थानीय तहसँग साझेदारी गर्दै प्रहरीले टोल टोलमा पुगेर लागुऔषध नियन्त्रणमा आमाहरु नामक कार्यक्रम सञ्चालन गरिरहेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.