झापाको बिर्तामोड-४ मा परालको थुप्रोमा एक बेवारिसे शव फेला परेको छ ।
बिर्तामोड नगरपालिका वडा नं.३ को आदर्श चोकदेखि उत्तर जाने ग्राभेल सडकको पश्चिमपट्टि खेतको बीचमा रहेको परालको थुप्रोमा अन्दाजी वर्ष ५५-६० का व्यक्तिको बेवारिसे शव आज दिउँसो फेला परेको हो । शव देखेर स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
मृतक बिर्तामोड-६ का कुर्मी थरका व्यक्ति भएको बताइएपनि त्यहाँ गएर बुझ्दा पुष्टि नभएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले बताए । शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको उनले जानकारी दिएका छन् । बिरामी रहेका ती व्यक्तिको अत्यधिक गर्मीका कारण मृत्यु भएको हुन सक्ने आशंका गरिएको छ ।
Advertisement







