• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बुद्धशान्ति-१ मा अनुदान सहयोगले बायो ग्यास प्रयोगकर्ता बढे


  •    संवाददाता/ मङ्गलबार, बैशाख २५, २०८१  

  • वडाले अनुदान सहयोगको कार्यक्रम ल्याएपछि झापाको बुद्धशान्ति गाउँपालिका वडा नं १ का पशुपालक कृषकहरुले बायो ग्यासको प्रयोग बढाएका छन् ।

    वडा नं १ को दीर्घकालीन योजना अन्तर्गत कृषकलाई वडाबाट १० हजार रूपैँया अनुदान सहुलियत दिए पछि आर्थिक वर्ष २०८०/०८१ मा बायो ग्यास जडानमा कृषक आकर्षित भएका हुन् ।

    Advertisement

    नागरिकका नविनतम आवश्यकता परिपुर्तिका लागि योजनागत रूपमा अघि बढिरहेको बुद्धशान्ति वडा नं १ ले पशुपालनमा थप हौसला दिँदै उर्जाका लागि हुँदै आएको खर्च कटौति पनि हुने र २० वर्ष माथि टिकाउ हुने गोवर ग्यास निर्माणमा प्रति प्लान्ट १० हजार रुपैँया अनुदान सहयोग गरेको वडाध्यक्ष अनिल वाग्ले जानकारी दिए ।

    Advertisement

    पशुपालक किसानलाई थप सहुलियत होस् भनेर वडाले गाई भैँसीको एआई सेवामा पनि सहुलियत दिइरहेको छ । कृतिम गर्वाधान सेवामा किसानको रु १ सय र बाँकी ३ सय वडाले सहुलियत दिइरहेको छ ।

    वडा कार्यालयको अनुदान रकमको व्यवस्थापन साथै लोक कल्याण बायो ग्यास कम्पनि र मुनाल बायो ग्यास कम्पनि सँगको सहकार्यमा वडा नं १ का २९ घरमा गोबर ग्यास प्लान्टहरु स्थापना भएका छन् ।

    एक परिवार बरावर वार्षिक रुपमा २० हजार देखि ३० हजार रुपैँयाको सिलिण्डर ग्यास खपत हुने आंकडा रहेको छ । वडा कार्यालयको सहयोगमा ६ घनको ग्यास प्लान्ट निर्माण भएका छन् । वडा नं १ मा १९ सय ६० वटा गाईहरु वडाको सेवा क्षेत्रका कृषकहरुको गोठमा रहेको वडाध्यक्ष वाग्लेले बताएका छन् ।

    बायो ग्यास स्थापनाका लागि हाल बुद्धशान्ति गाउँपालिका वडा नं १ का कृषकहरूको चासो र उत्साह वढि नै रहेको पाइन्छ । कृषकको मागलाई ध्यानमा राखेर आगामी आर्थिक वर्षका लागि बायो ग्यास प्लान्ट स्थापनाका लागि बजेट ब्यवस्थापनलाई निरन्तरता दिने वडाध्यक्ष वाग्लेले बताए । विकास भनेको बाटो घाटो मात्रै बनाउनु होइन नागरिकको दैनिकीमा सहजता ल्याउनु, नागरिकको खर्च घटाउने गरीका दीर्घकालीन योजना लागू गर्नु, बहुउपयोगी खालका कार्यक्रम सञ्चालन गरेर सुविधा दिनु पनि विकासको आधारहरू भएको वडाध्यक्ष वाग्लेको भनाई छ ।

    बुद्धशान्ति गाउँपालिका वडा नं १ मा वडा कार्यालयको महत्वपूर्ण सहयोग प्राप्त भएको बताउँदै सिलिण्डर ग्यासको प्रयोग घटेको साथै यसबाट निस्केको गोबरबाट गुणस्तरीय जैविक मल बनाउन सकिने मुनाल बायो ग्यास कम्पनीका महाप्रबन्धक श्याम खनालले बताए ।

    विश्वमा बढ्दै गएको उर्जा संकटलाई सम्बोधन गर्नका लागि बायो ग्यास प्लान्टको भुमिका महत्वपूर्ण हुने देखिएको छ । कार्वन उत्सर्जनमा समेत सहयोग गर्ने बायो ग्यासमा मिथेन ग्यास खपत भई मलका लागि आवश्यक सम्पूर्ण तत्व यथावत रहने हुँदा कृषकलाई चौतर्फि फाइदा पुग्ने नेपाल बायो ग्यास प्रवद्धन संघ कोशी प्रदेशका अध्यक्ष सन्तोष उप्रेतीले बताएका छन् ।

    लोक कल्याण बायो ग्यास कम्पनि र मुनाल बायो ग्यास कम्पनि साथै वडा नं १ कार्यलय साथै उपभोक्ताको गरि त्रिपक्षिय कार्यक्रम अन्तरगत कुल लागत २१ लाख २४ हजारको लागतमा २९ घरमा बायो ग्यास स्थापना भइरहेको छ । बायो ग्यास स्थापनाका लागि वडाले ३ लाख बजेट ब्यवस्था गरेर कार्यक्रम सञ्चालन गरेको बताउँदै प्लान्ट ३० वर्ष सम्म चल्ने साथै खर्च कटौतीमा महत्वपूर्ण भुमिका खेल्ने वडाध्यक्ष वाग्ले बताउँछन् ।

    गोबर ग्यास प्लान्ट स्थापनाका लागि वडा कार्यालयको सहयोगबाट राहत पुगेको बताउँदै समय र पैसा बचत भएको मात्र होइन संकटमा समेत सहज हुने स्थानीय पदम भुर्तेलले बताए । बुद्धशान्ति गाउँपालिका वडा नं १ मा केही कृषकहरुले लामो समयदेखि गोबरग्यास प्रयोगमा ल्याएको पाइन्छ ।

    मानिसलाई विभिन्न ढंगबाट बायो ग्यासले सहयोग पुग्ने बताउँदै बुद्धशान्ति गाउँपालिका वडा नं १ का नन्दकुमार तिम्सिनाले प्लान्टबाट निस्केको मल समेत प्रभावकारी हुने बताउदै वडाले राम्रो काम गरेकोले यस कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताए ।

    बायो ग्यास निर्माणमा प्रयोग भएका सामग्री र मेकानिजम अत्यन्तै मजबुत भएको बताउँदै प्राविधिक लेखनाथ अधिकारीले प्रयोग कर्ताले प्लान्ट संरक्षणमा ध्यान पूर्याउन सकेको खण्डमा लामो समय टिकाउ हुने बताएका छन् ।

    वायो ग्यास निर्माण हुँदा सिलिन्डर ग्यासमा हुने खर्च बच्ने छ भने गोवरका लागि पालिएका पशुबाट दूध बिक्रि गरि तथा मल प्रयोग गरि किसानले आय वृद्धि गर्न सक्नुहोस् भन्ने लक्ष्यका साथ वडाले सो कार्यक्रम सुरुवात गरेको बताएको छ । जसले किसानमा खुसी छाएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.