• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

मेची प्राथमिकको अवस्था नाजुक बन्दै, सरकार मौन


  •    संवाददाता/ आइतबार, बैशाख २३, २०८१  

  • नेपालको संविधान २०७२ मा शिक्षालाई मौलिक हक अन्तरगत राखिए पनि अझै दुरदराजका ठाउँहरुमा शिक्षाको सहज पहुँच पुगेको छैन् । नागरिकलाई आधारभूत आवश्यकताको परिपूर्ति गर्नका लागि संविधानमै शिक्षालाई राखिएको भए पनि कार्यान्वयन निकै फितलो देखिएको छ । नेपालका विभिन्न जिल्लाहरुमा अवस्थित विद्यालयहरुबाट अझै पनि बालबालिकाहरुले सहज रुपमा शिक्षा पाउन सकिनरहेको उदाहरण झापामा अवस्थित मेची प्राथमिक विद्यालयलाई लिन सकिन्छ ।

    झापाको मेचीनगर नगरपालिका वडा नं.१५ ग्वाल बस्तीमा अवस्थित मेची प्राथमिक विद्यालयमा स्थानिय सरकार र राज्यका तर्फबाट उचित ध्यानाकर्षण नहुँदा विद्यालयको अवस्था नाजुक बन्दै गएको छ । मेची पारिको गाउँ भनेर परिचित यस ठाउँमा वि.सं.२०५७ सालमा विद्यालय स्थापना भएको भए पनि राज्यले चासो नदिँदा स्रोत साधनको अभावले विद्यालय बन्द हुने स्थितिमा पुगेको हो ।

    Advertisement

    विद्यालयको भवन स्थापनाकाल यता मर्मत सम्भार नहुँदा टिनहरु सबै खिइसकेका र भित्ताहरु समेत चर्किन थालेको विद्यालयका प्रधानाध्यपक सुरेश श्रेष्ठले जानकारी दिए । उनका अनुसार बर्खाका समयमा विद्यालयको प्राङ्गणसम्म मेची नदीको बाढी पस्ने भएकाले उक्त समयमा विद्यालयको पठनपाठन अवरुद्ध हुने गरेको बताए ।

    Advertisement

    सरकारले अध्ययनका लागि प्राथमिक तहसम्मका लागि अनुमति दिएता पनि विद्यार्थीहरुको अभावमा कक्षा २ सम्ममात्र पठनपाठन हुने गरेको छ । भौगोलिक कठिनाइका कारण मेची नदीमा पुलको अभाव भएकाले प्राय जसो शिक्षकहरु बर्खा लागेपछि विद्यालयसम्म आइपुग्न नसक्ने विद्यालयका प्रधानाध्यपक श्रेष्ठ बताउँछन् ।

    विद्यालयमा दुई जना स्थायी र एक जना अस्थायी गरेर तीन शिक्षक साथै एक जना कार्यालय सहयोगी रहेका छन् । विद्यालयको पहुँचको क्षेत्रमा रहेका तीन वटा बस्तीका करिब ४० घरका २० जना विद्यार्थीहरु अध्ययनरत छन् । यादव, मुण्डा, बास्के, किस्कु, राजवंशी, सोरेन जस्ता जातजातिको बसोबास रहेको यस ठाउँमा मानिसहरु कृषि एवम् पशुपालन गरेर आफनो दैनिकी टार्ने गरेका छन् ।

    विद्यालयमा प्रारम्भिक बाल कक्षामा बस्ने उचित प्रबन्ध समेत नहुँदा विद्यार्थीहरु भुँइमा बस्न बाध्य छ्न् । शैक्षिक सामाग्री अभावमा विद्यार्थीहरुलाई अध्ययन गराउन निकै कठिन रहेको प्रधानाध्यापक श्रेष्ठ बताउँछन् ।

    कक्षा २ बाट उत्तीर्ण भएर कक्षा ३ मा जाने विद्यार्थीका लागि पुलको अभावले गर्दा हुने खाने अभिभावकले आफ्ना बालबालिकालाई अध्ययनका लागि सुबिधायुक्त भारतिय विद्यालय रोज्ने गरे पनि आर्थिक अवस्था नाजुक भएका विद्यार्थीहरु भने शिक्षा प्राप्त गर्ने अधिकारबाट वन्चित हुने गरेका शिक्षक लोकेन्द्र थपलिया बताए । विद्यालयको जग्गा उचित नक्साङ्कन नहुँदा खेल मैदानका साथै प्राथना सभाका लागि समेत पर्याप्त ठाउँ नरहेको शिक्षक थपलिया बताउँछन् ।

    उनका अनुसार भारतसँग निकट सिमाना रहेको यस भु-भागलाई अझै पनि नेपालको भु-भाग हो भनेर धेरैलाई थाहा नभएको अवस्था रहेको छ । स्थानिय सरकार मेचीनगर नगरपालिकाको पनि उचित ध्यानाकर्षण नहुँदा विकासका दृस्ठिकोणले विद्यालय मात्र नभएर गाउँ नै पिछडिएको क्षेत्रमा पर्दछ ।

    मेची नदीमा झोलुङ्गे पुल, कम्तिमा आधारभुत तह सम्मको शिक्षा, मेची नदीमा तट्बन्धन, उचित बिजुली बत्तीको व्यवस्थापन र प्राथमिक उपचार केन्द्र जस्ता आवश्यक पूर्वाधारहरु निर्माण गर्न सके विद्यालय आउने विद्यार्थीहरुको संख्या वृद्धि हुनुका साथै सहज रुपमा शिक्षा प्रदान गर्न सकिने शिक्षक थपलिया बताउँछन् ।

    बालबालिकाको पढ्न पाउने अधिकारलाई संस्थागत गर्नु राज्यको दायित्व भएकाले विद्यालयको पूर्वाधार व्यवस्थापन गर्ने राज्य संयन्त्रले शक्ति परिचालन गर्न आवश्यक रहेको देखिन्छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    ताजा अपडेट
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.