पाँच खेलको टी-२० क्रिकेट अन्तरगत तेस्रो खेलमा नेपाल फराकिलो रन अन्तरले पराजित भएको छ ।
आज भएको खेलमा नेपाललाई वेस्टइन्डिज ‘ए’ ले ७६ रनले हराएको हो ।
वेस्टइन्डिज ‘ए’ ले दिएको २ सय २८ रनको लक्ष्य पछ्याएको नेपाल १९.२ ओभरमा अलआउट हुँदै १५१ रन मात्र बनाउन सकेको हो ।
नेपालका लागि लोकेश बमले र करण केसीले समान २८-२८ रन बनाए भने कुशल मल्लले २० रन बनाएका थिए ।
वेस्ट इन्डिजका हायदेन वाल्सले तीन विकेट लिएका थिए भने गुडाकेश मोटीले दुई विकेट लिएका थिए । त्यस्तै फाबियन एलेन, ओबेड म्याकोइ र म्याथ्यु फोर्डेले समान एक विकेट हात पारेका थिए ।
यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको वेस्ट इन्डिज ‘ए’ ले २० ओभरमा ३ विकेट गुमाएर २ सय २७ रन बनाएको हो ।
वेस्ट इन्डिज ‘ए’ का जोनसन चार्ल्सले शतक बनाएका थिए । उनले ६१ बलमा ११९ रन बनाए भने आन्द्रे फ्लेचरले ५३ रन बनाएका थिए ।
नेपालका लागि सागर ढकाल र करण केसीले समान १ विकेट लिएका थिए ।







