पाँच खेलको टी-२० क्रिकेट शृङ्खलाको तेस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई २ सय २८ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको वेस्ट इन्डिज ‘ए’ ले २० ओभरमा ३ विकेट गुमाएर २ सय २७ रन बनाएको हो ।
वेस्ट इन्डिज ‘ए’ का जोनसन चार्ल्सले शतक बनाएका थिए । उनले ६१ बलमा ११९ रन बनाए भने आन्द्रे फ्लेचरले ५३ रन बनाएका थिए ।
Advertisement
नेपालका लागि सागर ढकाल र करण केसीले समान १ विकेट लिएका थिए ।







