इलाम-२ मा भएको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीसहित १६ जना उम्मेद्बारको जमानत जफत भएको छ ।
रास्वपाका उम्मेदवार मिलन लिम्बूले जम्मा ५ हजार ५० मत पाएका थिए । पराजित भएपछि रास्वपाले केन्द्रीय समिति बैठकमा गम्भीर समीक्षा गर्ने भएको छ ।
मङ्गलवार बिहान सम्पन्न मतपरिणाम जमानत जफतसहित चौथो स्थानमा समेटिएपछि आगामी बैठकमा गम्भीर समीक्षा गर्ने विज्ञप्तिमार्फत जानकारी दिएको छ । साथै निर्वाचनका दौरानमा पार्टीको प्रयासमा कैयन कमजोरी भएको पनि स्वीकारेको छ ।
Advertisement
एमालेका उम्मेद्बार सुहाङ् नेम्वाङ २७ हजार ७ सय ७२ मतसहित इलाम-२ मा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २१ हजार ९ सय ४२ मत पाएका छन् भने पहिचानबादीहरुका साझा स्वतन्त्र उम्मेद्बार डकेन्द्र थेगिमले ११ हजार ४ सय ५७ मत प्राप्त गरेका हुन् ।








