पाँच खेलको टी-२० क्रिकेट शृङ्खलाको पहिलो खेलमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई २ सय ५ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको वेस्ट इन्डिज ‘ए’ ले २० ओभरमा ५ विकेट गुमाएर २ सय ४ रन बनाएको हो ।
वेस्ट इन्डिज ‘ए’ का कप्तान रोस्टन चेजले सबैभन्दा धेरै ७४ रन बनाए भने एलिक अथान्थीले ४७ रन बनाएका थिए । नेपालका कमलसिंह ऐरी, दीपेन्द्रसिंह ऐरी, कप्तान रोहितकुमार पौडेल र अबिनाश बोहराले समान १ विकेट लिएका थिए ।
Advertisement







