झापा र इलामका सीमा नाका ७२ घण्टाका लागि सिल भएको छ ।
छिमेकी राष्ट्र भारतमा यही अप्रिल २६ तारिख अर्थात् वैशाख १४ गते शुक्रबारका दिन लोकसभा निर्वाचनको दोस्रो चरणको मतदान हुँदैछ । उक्त निर्वाचनका लागि लक्षित गरेर मंगलबार साँझ ६ बजेदेखि नाका सिल गरिएको हो ।
दोस्रो चरणमा नेपालको सीमा जोडिएको पश्चिम बङ्गालको दार्जिलिङ र विहारको किशनगञ्ज जिल्लामा एकै दिन मतदान हुँदैछ । सीमा नाका जोडिएका जिल्लाहरूमा मतदान हुने भएपछि भारतीय सुरक्षा निकायको आग्रह बमोजिम मतदानको ७२ घण्टा अघिदेखि सीमा नाका सिल गरिएको हो ।
Advertisement
इलामको पशुपतिनगर, झापाको काँकडभिट्टा, भद्रपुर, टाघनडुब्बा, गौरीगञ्ज लगायतका नाका बन्द भएका हुन् ।







