• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

कालिस्थान बौद्ध गुम्बाको विकासमा सघाउन सरोकारवाला लाई अपिल


  •    संवाददाता/ बिहिबार, चैत ०८, २०८०  

  • झापाको अर्जुनधारा ९ स्थित कालिस्थान बौद्ध गुम्बा समितिले गुम्बाको विकासमा सघाउन सरोकारवाला सबैलाई अपिल गरेको छ । झापाको सबैभन्दा पुरानो गुम्बा भएपनि यसको विकासमा पर्याप्त सहयोग जुट्न नसकेको जनाउँदै समितिले सहयोग गर्न सबैलाई अनुरोध गरेको हो ।
    बौद्ध धर्मावलम्बीहरूको आस्था र विश्वासको प्रतीकका रुपमा रहेको यो बौद्ध गुम्बामा अहिले पूजा अर्चना भइरहेको छ । समितिको व्यवस्थापनमा महातारा देवी डोल्माको पूजा अर्चना भइरहेको हाे ।
    पर्याप्त भौतिक पूर्वाधार नभएपनि सम्पत्तिका हिसाबले यो गुम्बा धनी छ । पर्याप्त जग्गा जमिनसहित रहेको गुम्बाकाे विकासका लागि राज्यले सहयोग नगरेको समितिले जनाएको छ ।
    बौद्ध धर्मावलम्बीहरूको आफ्नै सहयोग र सद्भावका कारण गुम्बा सञ्चालन भइरहेको हो । आम्दानीको स्थायी स्रोत व्यवस्थापन गर्न समस्या भए पनि स्थानीयको सहयोगमा गुम्बा सञ्चालन भएको समितिका अध्यक्षले बताउनुभयो।

    स्थानीय समाजसेवी दलमान तामाङकाे उदारताको पृष्ठभूमिमा यो बौद्ध गुम्बा निर्माण भएको हो । बौद्ध गुम्बालाई उहाँले १९ कट्ठा जग्गा दान दिनुभएको थियो।
    अघिल्लो पुस्ताले परम्परागत जातीय संस्कृति संरक्षणमा जति संवेदनशीलता देखाएकाे छ, पछिल्लो पुस्ता त्यसका लागि तयार नभएको हो कि भन्ने चिन्ता पनि उत्तिकै छ । युवाहरुले आफ्नो जातीय संस्कृति र परम्परालाई जगेर्ना नगर्ने हो भने आगामी दिनमा अस्तित्व नै संकटमा पर्ने भएकाले परम्पराको संरक्षणमा लाग्नैपर्ने बेला आएको दाता परिवारका सदस्य एवं अर्जुनधारा युवा परिषदका अध्यक्ष कर्मसेन गोम्देन बताउनुहुन्छ ।
    कालिस्थान बौद्ध गुम्बालाई संरक्षण गर्दै जातीय परम्परा र संस्कृतिको जगेर्नामा लाग्न समितिले सरोकारवाला सबैलाई अनुरोध पनि गरेको छ ।

    Advertisement

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.