७ मंसिर, बिर्तामोड । गरिमा बिकास बैँकले आफ्नो १७ औँ वार्षिक उत्सवको अवसर पारेर बिर्तामोड नगरपालिकालाई ३० थान डस्टबिन प्रदान गरेको छ ।
नगरपालिकाको सभाहलमा आयोजित एक कार्यक्रमका बीच बैँककी क्षेत्रीय कार्यालय ईटहरीकी प्रमुख रक्षा भट्टले बिर्तामोड नगरपालिका प्रमुख पवित्रा महतरा प्रसाईलाई डस्टबिन हस्तान्तरण गरेकी हुन् ।
सो अवसरमा बोल्दै नगर प्रमुख प्रसाईले सामाजिक उत्तरदायित्व बहन गर्दै शहर सफा राख्ने काममा हातेमालो गरेकोमा बैँकलाई धन्यवाद दिईन । १७ औँ वार्षिक उत्सवको अवसरमा बिर्तामोड, इटहरी सहित देशै भर १७ वटा सामाजिक उत्तरदायित्व बहन हुने कार्यक्रम गरिएको बैँककी क्षेत्रीय कार्यालय ईटहरी प्रमुख भट्टले जानकारी दिईन ।

उनले कोशी प्रदेशमा गरिमा बिकास बैँकका १५ वटा शाखा सञ्चालनमा रहेको पनि बताईन । कार्यक्रममा बिर्तामोड नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत, शिक्षा शाखा प्रमुख, विभिन्न वडाका अध्यक्षहरु एवम् कार्यपालिका सदस्यहरुको उपस्थिती रहेको थियो । बैँकका बिर्तामोड शाखा प्रमुख सबिन दाहालको सभापतित्वमा सम्पन्न कार्यक्रममा बैँकको कोशी प्रदेशमा रहेका विभिन्न शाखाका प्रमुखहरुको पनि उपस्थिती रहेको थियो ।







