अमेरिकाकाे मेरिल्याण्डमा बसाेबास गर्ने नेपाली लिम्बू समुदायकाे भेटघाट कार्यक्रम शनिवार सम्पन्न भएकाे छ ।
जातीय पहिचान र संस्कृति संरक्षण गर्ने उद्वेश्य राखी पहिलाे पटक मेरिल्याण्डकाे नर्थपाेइण्टमा भेटघाट तथा परिचय कार्यक्रम अायाेजना गरिएकाे हाे ।
लिम्बू समुदायकाे परम्परागत संस्कार र संस्कृतिकाे पुस्ता हस्तान्तरण तथा अावश्यक परेकाे समयमा एकअापसमा भातृत्वकाे भावना जागृत गर्न कार्यक्रम अायाेजना गरीएकाे अायाेजक समितिका प्रतिनिधि घनेन्द्र मावाेले जानकारी दिनुभयाे । अागामी दिनमा यस अभियानलाई थप ससक्त बनाई निरन्तरता दिने उहाँकाे भनाई छ।
परम्परागत ढाेल , च्याब्रुङ जस्ता नृत्यका लागि अावश्यक बाजा खरिद तथा जातीय संस्कृति जगेर्ना गर्न कार्यक्रम अायाेजना गर्न अावश्यक काेष खडा गर्ने पिके थक्लुङले बताउनुभयाे ।
मेरिल्याण्ड राज्यका विभिन्न स्थानमा बसाेबास गर्ने लिम्बू समुदायका करिव ४५ जनाकाे सहभागिता रहेकाे कार्यक्रममा अग्रज व्यक्तित्व तथा अतिथीलाई खादा पहिर्याएर सम्मान गरिएकाे थियाे । मिठा परिकारका साथमा नाचगानसहित निला जवेगुकाे अध्यक्ष्ातामा सम्पन्न कार्यक्रमकाे सञ्चालन घनेन्द्र मावाेले गर्नुभएकाे थियाे ।







