केही समय अगाडि आगोले जलेर घाइते भएका सुजन सुनुवारको उपचारमा न्यूटन्स् बाल क्लबले आर्थिक सहयोग गरेको छ ।
बिर्तामोड ५ स्थित न्यूटन्स् एजुकेशन एकाडेमीका ३ देखि १० कक्षा सम्मका विद्यार्थी, शिक्षक, कर्मचारी बाट आर्थिक सङ्कलन गरी बालक सुनुवार लाई सहयोग गरिएको हो ।

आर्थिक अवस्था कमजोर भएमा सुनुवारको उपचारका लागि छिमेकी र सामाजिक ब्याक्तित्वको आग्रहमा सहयोग संकलन गरिएको बाल क्लब फोकल पर्सन मिनु शिवाकोटीले जानकारी दिईन ।
बिद्यालयका प्रधानाध्यापक तथा क्लबका संरक्षक देबेन्द्र हुमागाईले २० हजार २ सय ५० नगद बिराट आधारभूत विद्यालय बाल क्लब फोकल पर्सन रङ्गलाल न्यौपाने,कुमार कन्दङ्वा ,चिरञ्जिवी ओली लाई संयुक्तरुपमा हस्तान्तरण गरेका थिए ।
Advertisement







