झापाको बिर्तामोड ४ अन्नपूर्ण चोकस्थित आगन एफएम ८९.६ मेघाहर्जको कार्यालय रहेको भवनबाट आज बिहान मोटरसाईकल चोरी भएको छ ।
एफएममा कार्यरत सञ्चारकर्मी दिपेन्द्र गदाईलीले चलाउँदै आएको मे ५ प ८२७५ नम्बरको पल्सर मोटरसाईकल कार्यलयको पार्किङ स्थलबाट बिहान ९ ः१५ को आसपास चोरी भएको हो ।
बिहान ९ बजेपछि प्रसारण हुने कार्यक्रम शुभदिन सकिएपछि करीव १० बजे घर जान भनि निस्कँदा केहि समयअघि राखेको ठाउँमा आफ्नो मोटरसाईकल फेला नपरेपछि केहिबेर आसपास खोजी गरीएको थियो ।
Advertisement
मोटरसाईकल चोरी भएको सन्दर्भमा ईलाका प्रहरी कार्यलय बिर्तामोडले खोजी शुरु गरेको जनाएको छ ।
एफएमको कार्यलय रहेको भवनबाट यसअघि पनि समाचार शाखामा कार्यरत पत्रकार मदन संग्रौलाको हुण्डाको साईन बाईक चोरी भएको थियो ।







