झापा संचारकर्मी बसन्त नेपाललाई मातृशोक परेको छ ।
नेपालकी माता तुलसादेवी नेपालको आज बुधबार ७:२० बजे ६४ बर्षको उमेरमा असामयीक निधन भएको हो । क्यान्सरबाट पिडित उनको केहि महिनादेखी उपचार भईरहेको थियो ।
उनको आजै दिउँसो कन्काई माईमा दाहासंस्कार गरीएको छ। उनका ३ छोरा र ४ छोरी रहेका छन् ।
Advertisement
छोराहरुमा बसन्त,खेम र देबेन्द्र हुन् । भने छोरीहरु गोमा दाहाल,सिता बुढाथोकी,टिका भण्डारी र भुमिका कटुवाल रहेका छन् ।
बसन्त बिगत २ बर्षदेखी झापाको बिर्तामोडबाट प्रशारण हुने आँगन एफएम ८९.६ मेघाहर्जमा कार्यरत रहेका छन् ।







