• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

कोरोना कहरलाई वेवास्ता गर्दै म्याराथन


  •    / आइतबार, असोज ०४, २०७७  

  • फिक्कल । शनिबार विहान संबिधान दिवसको अवसरमा सूर्योदय नगरपालिकाको पर्यटकिय गन्तव्य कन्याममा म्याराथनको लागि सयौको संख्यामा मानिसहरु भेला भएका थिए ।

    म्याराथनको सुरु गनुपुर्व तयारीको लागि १० मिनेट जति समय लाग्दा झापाबाट आएका गाडीहरु र झापा तर्फ जाने गाडीको ताँती कन्याममा थियो । गाडीहरुको हुलमा एम्बुलेन्स समेत थियो । कोही बिरामी उपचारको लागि लग्दै थिए त कोही उपचार गराएर घर लिएर आउँदै ।

    Advertisement

    जस्तै सुकै अवस्था भएपनि अत्यावश्यक सवारीसाधन संचालनमा अवरोध हुनुहुँदैन् । त्यही हुलमा आमाको उपचारमा आर्थिक अभाव भएपछि पैसा लिन मोटरसाइकल चढेर आएका एक जनालाई रोकेर ट्राफिक प्रहरीले जान नमिल्ने बतायो ।

    Advertisement

    उनले आफनो समस्या बताए पनि ‘नियम भनेको नियम हो तपाईले पनि मान्नुपर्छ’ भन्दै ट्राफिकबाट धम्कीपुर्ण कुरा आएपछि ति व्यक्ति म्याराथन सुरु नहुन्जेल रोकिए । म्याराथन सुरु भएपछि एकै पटक ह्रवारह्रवारती सवारीसाधन चल्दा दुर्घटनाको जोखिम देखिन्थ्यो ।

    राजमार्ग क्षेत्रमा म्याराथन दौडिएका धावकहरुलाई सवारीसाधनबाट तर्किर दौडन निक्कै समस्या बन्यो । कन्यामबाट फिक्कलसम्म करिब ४ किलोमिटर दौडको लागि तय गरिएको थियो । कोरोनाको कहरको बिचमा स्वास्थ्य सुरक्षा सम्बन्धी आधारभुत कुराहरु पुरा समेत नगरि सयौको संख्यामा भेला गराउनुले सूर्योदयमा कोरोनाको जोखिम नरहेको जस्तो देखिन्थ्यो ।

    विहान ७ नबज्दै म्याराथनमा सहभागिहरुले कन्याम रंगिएको थियो । सरकारले लगाएको लकडाउनका कारण ६ महिना देखि सुनसान कन्याममा मानिसहरुको आगमनले पुरानै अवस्था झै झल्किन्थ्यो । ८ बज्ने लाग्दा प्रतियोगिता सूरु भयो । सहभागिहरुको मध्ये धेरैले मास्क लगाएका थिएनन् ।

     

    लगाएका केही सहभागिहरुले पनि स्वासप्रश्वासनमा समस्या भएपछि खोलेर नै दोडिए । मानिसहरुको भिडका कारण सवारी आवागमनमा समस्या सृजना भयो । भिडका बिचमा एम्बुलेन्स समेत फसेको थियो । म्याराथन समापनस्थल फिक्कल बजार र त्यस नजिकैको सनराइज बोडिङ स्कुल नजिकै सवारी साधनहरु रोकेर राखिएका थिए ।

    करिब आधा घण्टा सवारीसाधन रोकिएर सडक जाम नै भएको थियो । एका तर्फ कोरोनाको जोखिम बढ्दै जानु र म्याराथन आयोजनाको लागि जिल्ला प्रशासन कार्यालय इलामसंग समेत समन्वय थिएन् । प्रमुख जिल्ला अधिकारी तुलसीराम सेडाईले लोकतन्त्र दिवसको दिन सूर्योदय नगरपालिकामा म्याराथन आयोजनाको बारेमा अनविज्ञता प्रकट गरे ।

    ‘म्याराथुन आयोजनाको बारेमा हामीलाई लिखित रुपमा केही जानकारी नै छैन् त । के रहेछ म बुझ्छु है ।’ उनले भने ‘ एम्बुलेन्स जस्तो समवेदनशिल सवारी साधन संचालनमा रोकिनुहुँदैन् । बरु म्याराथनलाई रोकेर भएपनि जान दिनुप¥थ्यो ।’

    यस्ता प्रतियोगिता आयोजनाको लागि जिल्ला प्रशासन कार्यालय, आयोजक र प्रहरीबिच छलफलपछि समय तोकेर आयोजना गर्न सकिने सडाईले बताए । यता आयोजनाको बारेमा जिल्ला प्रहरी कार्यालयलाई समेत ढिलो मात्र जानकारी प्राप्त भएको थियो ।
    यसै सन्र्दभमा सूर्योदय नगरपालिकाका नगर प्रमुख रणबहादुर राईलाई सम्पर्क गर्दा उनले स्थानीय सरकारले कार्यक्रम आयोजना गर्दा अन्य कुनै निकायलाई जानकारी गराइरहन आवश्यक नरहेको बताए । यदपी नगरले म्याराथनको बारेमा इलाका प्रहरी कार्यालय र इलाका प्रशासन कार्यालय पशुपतीनगरलाई जानकारी गराएका बताए । कोरोना सर्तकर्ताको सन्र्दभमा नगरभन्दा बाहिरका मानिसहरु दौडमा सहभागि नहुने भएकाले जोखिम नरहेको बताए ।

    मुुलुकी अपराध संहिता ऐन (२०७४) अनुसार सार्वजनिक सडक, बाटोघाटो, रज्जु मार्ग, केबुलकार मार्ग, विमानस्थल, रेल्वे वा जल परिवहन मार्ग, हुलाक र अन्य कुनै सार्वजनिक सेवाको सञ्चालनमा अवरोध पु¥याउन पाइने छैन । अवरोध पु¥याएको खण्डका कानुन अनुसार कारवाही गरिने उल्लेख छ । तर नियम र कानुन बनाउने स्थानीय सरकारले नै पालना नगरेपछि कसको के लाग्छ ?

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा
    विश्वकप क्रिकेटको समूह विभाजन, खेल तालिका सार्वजनिक
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.