झापा । चासोक तङ्ग्नाम उधौली पर्बको अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्याउने तीन ब्यक्तिलाई सम्मान गरिएको छ ।
किरात साहित नेपाली साहित्यमा योगदान पुर्याउनु भएका नवल फाईबालिलाई मरोनाप्रान्त सम्मान गरिएयो ।
यसैगरी हिङ्ग्सा मुक्त समाज निर्माणमा योगदान पुर्याउनु हुने मोहन सुब्बा र बङ्गलादेशमा भएको साफ च्याम्पियनशिपमा सर्बाधुलिक गोल कर्ता रेणु जवेगुलाई नगदसहित सम्मान पत्र प्रधान गरिएको छ ।

आयोजक चासोक तङ्ग्नाम उधौली पर्व ब्यावस्थापन समिती अर्जुन्धाराले आयोजना गरेको कार्यक्रममा अर्जुनधारा नगरपालिकाका आदिबाशिजनजातिको सहभागितारहेको कार्यक्रममा विभिन्न जातियलोक सस्कृती पनि प्रस्तुत गरिएको थियो ।
उता , किरातेश्वर मुजोत्लुङ्ग युमा माङ्गहिम मेचिनगर १३ चारआलि झापाले उधौली पर्व बिबिध कार्यक्रम सहित मनाएको छ। किरातीहरुको बिशेष पर्व चासोक तङ्गनाम नयाँ अन्न पुजा गरि भित्र्याउदै धार्मिक अनुष्ठान सहित किराँती भाषा निर्माता त्ये ओङ्ग्शी सिरिजङ्गाको ३१९ औं जन्मोत्सव र गायन तथा नृत्य प्रतियोगिता सम्पन्न गरिएको थियो ।
कार्यक्रम प्रथम हुने बालसुबोधनी मा बि मेचिनगर १३ कि रिना पौडेल गायन तर्फ० दोस्रो निसा एक्तेन नृत्य तर्फ र सन्द्या कार्की नेपाली गायन तर्फ तेस्रो भएकि थिइन । जनही नगद पाच हजार,तीन हजार र दुई हजार सहित प्रमाणपत्र हस्तान्तरण गरिएको थियो ।
निर्णायक मन्डलमा वरिष्ठ रचनाकार शिव शंकर थापा,गायक हस्त परियार र संगीतकार कृष्ण योन्जन रहनु भएको थियो ।
कार्यक्रममा आ आफ्नो जात बर्गले आ आफ्नो कला सस्कृती र धर्मको राम्रो सस्कारको जगेर्ना गर्नु सबैको दायित्व हो भन्दै अतिथिहरु राम कुमार राई,वडा अध्यक्ष धन बहादुर तामाङ्ग,कृष्ण सिग्देल,बाबुलाल सुब्बा,मधुसूदन रिजाल,सदस्य रिता शिवा लगायतले शुभकामना मनत्ब्य व्यक्त गर्नु भएको थियो ।
कार्यक्रम माङ्गहिमका अध्यक्ष अर्जुन थेबेको अध्यक्षता तथा प्रदेश न १ ख प्रदेश सभा सदस्य माननीय सबिना बजगाइज्युको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको सहजीकरण महा सचीव मणिकुमार लिम्बुले गर्नु भएको थियो ।
कार्यक्रम माङ्गहिमका अध्यक्ष अर्जुन थेबेको अध्यक्षता तथा प्रदेश न १ ख प्रदेश सभा सदस्य माननीय सबिना बजगाइज्युको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको सहजीकरण महा सचीव मणिकुमार लिम्बुले गर्नु भएको थियो ।
Advertisement







