• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

लैङ्गिक हिंसा अन्त्यका लागि सरोकारवालाको प्रतिवद्धता र सार्वजनिक अपिल


  •    संवाददाता/ आइतबार, मङि्सर १८, २०७९  

  • ‘लैङ्गिक हिंसा ः न्यूनीकरणका उपाय र सरोकारवालाको भूमिका’ विषयक जिल्ला स्तरीय संवाद आइतबार बिर्तामोडमा सम्पन्न भएको छ ।

    ‘सभ्य समाजको पहिचान ः लैङ्गिक हिंसाबिरुद्धको अभियान’ भन्ने नाराका साथ जारी १६ दिने अभियान अन्तर्गत संवाद समूह–महिला समूह झापा र न्याय तथा विकासका लागि सामाजिक सञ्जालको संयुक्त आयोजनामा भएको कार्यक्रममा जिल्लाका सरोकारवालाको उल्लेख्य सहभागिता थियो ।

    Advertisement

    कार्यक्रमका सहभागीले लैङ्गिक हिंसा नारा र कागजमा होइन व्यवहारमा अन्त्य हुनुपर्नेमा जोड दिए ।  जिल्ला प्रहरी कार्यालय झापाको तर्फबाट प्रहरी निरीक्षक यशोदा घले र झापा बार एसोसिएसनका तर्फबाट अधिवक्ता कविता बाँस्तोलाले लैङ्गिक हिंसाका तथ्यांकीय तथा कानूनी पक्ष बारेको छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गरेका थिए ।

    Advertisement

    सहभागी सरोकारवालाले सबै लिङ्ग र उमेर समूहका व्यक्तिलाई हिंसा, यौन उत्पीडन र शोषणका साथै अन्य सबै प्रकारका दुव्र्यहारबाट स्वतन्त्र भएर बाँच्ने अधिकार सुनिश्चित हुनुपर्नेमा जोड दिए । समाजमा दिनप्रतिदिन बढ्दो लैङ्गिक हिंसा अन्त्यका लागि सबै सरोकारवालाको प्रभावकारी भूमिकामा जोड दिइएको छ ।
    कार्यक्रमका सहभागी सरोकारवालाले लैङ्गिक हिंसा अन्त्यका लागि प्रतिबद्धतासहित नौ बुँदे सार्वजनिक अपिल जारी गरेका छन् । जिल्ला समन्वय समिति झापाकी उपप्रमुख शान्ता रोक्का, कनकाई नगरपालिकाकी उपप्रमुख आशा शर्मा शिवाकोटी, प्रमुख जिल्ला अधिकारी, छविलाल रिजाल, प्रदेश १ की पूर्व राज्यमन्त्री जसमाया गजमेर, जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख विश्वमणि पोखरेल, सशस्त्र प्रहरी उपरीक्षक प्रदिपसिंह कार्की, सशस्त्र प्रहरी नायव उपरीक्षक संजीव पौडेल, बाह्रदशी गाउँपालिकाकी निवर्तमान उपाध्यक्ष रत्ना राजवंशी लगायतले लैङ्गिक हिंसा अन्त्यका लागि आफ्नो तहबाट जस्तोसुकै सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । उनीहरुले सरोकारावालाको सामुहिक नौ बुँदे अपिल पालना गर्न पनि आमनागरिकलाई आग्रह गरेका छन् ।

    यस्तो छ नौ बुँदे अपिल
    १) महिला, पुरुष र यौनिक तथा लैंङ्गिक अल्पसंख्यक कसैलाई कुनै पनि प्रकारको
    दुव्र्यवहार, हिंसा गर्दिन÷गदैनौं । छोरा, छोरी र यौनिक तथा लैंङ्गिक अल्पसंख्यक
    कसैलाई विभेद गर्ने छैन÷छैनौं ।
    २) कुनै पनि प्रकारको दुव्र्यवहार, हिंसा सहेर कहिल्यै बस्दिन÷बस्दैनौं । लैङ्गिक हिंसाविरुद्ध सधैं आवाज उठाउने छु÷छौं ।
    ३) कहीं कतै हिंसा हुन लागेको र भइरहेको देखेमा तत्काल सम्बन्धित निकायमा खबर गर्नेछु÷गर्नेछौं ।
    ४) महिला, बालबालिका तथा यौनिक अल्पसंख्यक, अपाङ्गता भएका, ज्येष्ठ नागरिकलाई सम्मानजनक व्यवहार गर्नेछौं । लिङ्ग, जात, धर्म, उमेर, भौगोलिक

    र जैविक बनावट जस्ता कुनै पनि आधारमा कसैलाई पनि विभेद गर्ने छैन ।
    ५) झापाका सबै स्थानीय तह समक्ष लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण नीति निर्माण गर्न तथा सो को प्रभावकारी कार्यान्वयनका लागि
    ध्यानाकर्षणसहित अपिल गर्दछौं ।
    ६) लैङ्गिक हिंसा न्यूनीकरण र हिंसामा परेकाहरुलाई सहयोगका लागि झापाका सबै स्थानीय तह समक्ष लैङ्गिक हिंसा निवारण कोष स्थापना गर्न र सो को प्रभावकारी कार्यान्वयनका लागि ध्यानाकर्षणसहित अपिल गर्दछौं ।
    ७) झापाका हरेक स्थानीय तहलाई लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण नियमित गर्न र त्यसलाई सार्वजनिक गर्न तथा परीक्षणका क्रममा देखिएका समस्या–चुनौति तत्काल समाधानका लागि कार्ययोजना सहित अग्रसर हुन अपिल गर्दछौं ।
    ८) झापाका हरेक स्थानीय तहलाई मनोसामाजिक परामर्श केन्द्र स्थापना र सबै
    सरकारी तथा निजी कार्यालय र सार्वजनिक स्थानमा स्तनपान कक्षको व्यवस्था गर्न जोडदार अपिल गर्दछौ ।
    ९) लैंङ्गिक हिंसा विरुद्ध सचेतना र कानुनी उपचार तथा सामाजिक न्यायका लागि
    स्थानीय तहअन्तर्गत हरेक वडामा अभियान सञ्चालनको व्यवस्था गर्न अपिल
    गर्दछौं ।

    प्रतिबद्धता तथा अपिलमा झापा बारकी उपाध्यक्ष कमला आचार्य, गैसस महासंघका जिल्ला अध्यक्ष हरि गौतम, मानवअधिकार एलायन्सका अध्यक्ष रुद्र सिटौला, नियोग झापाका अध्यक्ष डा. रुपक खनाल,  मानवअधिकार तथा शान्ति समाजकी जिल्ला अध्यक्ष सुशिला रिजालले समेत हस्ताक्षर गरेका छन् ।

     


    त्यस्तै सरोकारवालाकै तर्फबाट एबीसी नेपालकी अध्यक्ष कञ्चना ढकाल, शक्ति समूहकी अध्यक्ष मिरा भट्टराई, महिला सुरक्षा दवाव समूहकी अध्यक्ष शारदा रिजाल, नेपाल उद्यमशील महिला संघकी पार्वता खरेल, छठ सेवा समितिकी उपाध्यक्ष संगीता रौनियार, नेपाल पत्रकार महासंघकी जिल्ला उपाध्यक्ष सुशिला संग्रौला, नेपाल प्रेस युनियनकी केन्द्रीय सचिव रेजिना रोदन, नारी सञ्चार गृहकी संस्थापक अध्यक्ष सावित्रा दाहालले समेत प्रतिबद्धतासहित हस्ताक्षर गरेका छन् ।

    त्यस्तै नेपाल महिला संघकी सचिव उर्मिला पोखरेल, महिला अधिकारकर्मी पुष्पा लिम्बू, यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुका तर्फबाट लिड नेपालकी संयोजक चञ्चला सुब्बा, नेपाल आदिवासी सन्थाल महिला उत्थान संघकी सचिव शर्मिला सोरेन, महिला मुक्ति अभियानकी अध्यक्ष राधा सुब्बा, झापा नेत्रहिन संघकी अध्यक्ष यशोदा बराल, इन्सेक प्रतिनिधि नरेश खाती, आदिवासी महिला नेतृ द्रौपदी गणेश, मेची–महाकाली बुहारी आवाजकी अध्यक्ष सीता खड्का गणेश, बीरता लेडी जेसीजको तर्फबाट निवर्तमान अध्यक्ष स्वस्तिका आचार्य, संवाद समूहका तर्फबाट लीला शिवाकोटी, न्याय तथा विकासका लागि सामाजिक सञ्जालको तर्फबाट संयोजक कुमार चुडालले समेत प्रतिबद्धतासहित हस्ताक्षर गरेका छन् ।

    कार्यक्रमको सञ्चालन संवाद समूहकी कमला भट्टराईले गरेकी थिइन् । चुडालले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए ।

    यौनिक तथा लैंङ्गिक अल्पसंख्यकले भोगिरहेका विभेद र हिंसाबारे चञ्चला सुब्बाले सरोकारवालालाई ध्यानाकर्षण गराएकी थिइन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.