• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बिर्तामोडमा मेयर पकेट कार्यक्रम यसबर्ष पनि


  •    संवाददाता/ मङ्गलबार, मङि्सर १३, २०७९  

  • झापा । बिर्तामोड नगरपालिकाले मेयर पकेट कार्यक्रमलाई यस वर्ष पनि अघि बढाएको छ । सोमबार नगरप्रमुख पवित्रा महतारा प्रसाईले मेयरपकेट कार्यक्रम अन्तर्गत बाख्रा पालन तथा बंगुर पालनका लागि आवेदन दिने महिला कृषक समुहहरुको अनुगमन गर्नु भयो ।

    नगर प्रमुख प्रसाईले मेयरपकेट कार्यक्रम अन्तर्गत रहेका ग्रामिण महिला बाख्रा साँटासाँट कार्यक्रम र ग्रामिण महिला बंगुर साँटासाँट कार्यक्रम अन्तर्गत समुह छनोटको लागि फिल्ड अनुगमन गर्नु भएको हो ।

    Advertisement

    वडा नम्बर ७को नवज्योति महिला कृषि समुह, वडा नम्बर ८मा रहेको नव जागरण बाख्रापालन कृषक समुह र वडा नम्बर ९मा रहेको संझना महिला कृषक समुहको अनुगमन भएको हो ।

    Advertisement

    अनुगमनबाट छनोटमा परेका कृषक समुहहरुलाई नगरपालिकाले बाख्रा तथा बंगुरका पाठा वितरण गर्ने पशुपंछि तथा मत्स्य विकास शाखाकी प्रमुख सावित्रा दाहालले जानकारी दिनु भयो ।

    उहाँले मापण्ड अनुसार समुहमा १५ जना सदस्य अनिवार्य रहनु पर्ने र छनोटमा परेका बाख्रा पालन समुहको लागि ४५ वटा र बंगुर पालन समुहका लागि ३० वटा पाठा वितरण गर्ने बताउनु भयो । यस कार्यक्रम अन्र्तगत बाख्रा पालन समुहलाई एउटा विउ बोका समेत वितरण हुने जनाइएको छ ।

    नगरपालिकाले बाख्रा तथा बंगुर पालन गर्ने समुहका कृषकहरुलाई खोर निर्माणका लागि ३५ हजार रुपैयाँ पनि प्रदान गर्ने गरेको छ । हुनसक्ने क्षतिलाई कम गर्न बाख्रा तथा बंगुरको बिमा समेत गरेर समुहलाई प्रदान गर्ने गरेको जनाइएको छ । बाख्रा तथा बंगुर प्राप्त गर्ने समुहहरुले पहिलो वर्षको अन्तिममा त्यतिनै संख्यामा अर्को समुहलाई पाठा हस्तान्तरण गर्नु पर्ने नियम रहेको छ ।

    नगरप्रमुख प्रसाईले ग्रामिण भेगमा रहेका गरिब,दलित,आदिबासी,जनजाती तथा पिछडिएका महिलाहरुको जिवनस्तर उकास्नको लागि आर्थिक वर्ष २०७४÷०७५ सालदेखि बिर्तामोडमा मेयर पकेट कार्यक्रम निरन्तर लागु गरिँदै आएको बताउनु भयो । उहाँले छनोटमा परेका समुहहरुको लागि तालिमको समेत व्यवस्थापन गरीएको जानकारी दिनु भयो ।

    नगरपालिकाले पशुपंछि तथा मत्स्य विकास शाखा मार्फत बाख्रा पालन,बंगुर पालन लगायत गाईगोठ सुधार,बाख्राको खोर सुधार, पोषिलो घाँस उत्पादन र मत्स्य पालन कृषकसमुहको लागि समेत विभिन्न प्रकारका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

    नगरले पशुपंछि तथा मत्स्य विकास शाखामा आवेदन दिने समुहहरु मध्ये आधारभुत मापदण्डका आधारका बाख्रा तथा बंगुरका पाठा वितरण गर्ने गरेको छ । अनुगमन टोलीमा नगरप्रमख प्रसाई, वडा नम्बर ७का वडाध्यक्ष कृष्णप्रसाद खरेल अविरल,पशुपंछि तथा मत्स्य विकास शाखा प्रमुख सावित्रा दाहाल, निमेश थापा लगायत रहनु भएको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.